वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता

देशभरिका १६ वटा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सात वटै प्रदेशका खानेपानी तथा सरसफाइ हेर्ने विभागीय मन्त्रालयका सचिव तथा प्रतिनिधि र संघीय सरकार, खानेपानी मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, उपमहानिर्देशक तथा अन्य विभागीय प्रमुखहरु र वास प्लान निर्माण गर्न साझेदारी गरेका संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा वास प्लानको समीक्षा भएको छ ।

वास प्लान निर्माण गर्दाका अनुभव तथा चुनौतीका बिषयमा अनुभव साटासाटा र आगामी खाका तयार गर्ने उद्देश्यले समीक्षा गोष्ठीको आयोजना गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा। रजित ओझाले जानकारी दिनुभयो ।

स्थानीय तहहरुमा वास प्लान निर्माणको अवस्था, वास प्लान निर्माण भैसकेका गाउँपालिकारनगरपालिकामा कार्यान्वयनको स्थिति पहिचान गर्ने, वास प्लान निर्माण गर्दाका अनुभव तथा चुनौतीका बिषयमा अनुभव साटासाटा र आगामी खाका तयार गर्ने उद्देश्यले समीक्षा गोष्ठीको आयोजना गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा। रजित ओझाले जानकारी दिनुभयो ।

वास प्लान निर्माणमा हाल ३० वटा भन्दा बढी संघसंस्थाले सहयोग पुर्‍याईरहेका छन् । विभागका सिडिई डा। ओझाका अनुसार हालसम्म १७० वटा स्थानीय तहको वास प्लान पूर्ण रुपमा तयार भई गाउँरनगरसभाबाट अनुमोदन भैसकेको छ भने २७० वटा स्थानीय तहमा वास प्लान निर्माणको लागि तथ्याङ्क संकलनको काम भैरहेको छ।

वास प्लान सम्बन्धी समीक्षात्मक गोष्ठिलाई यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ

तपाईको प्रतिक्रिया