नेपाल कराँते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले राजीनामा दिए

काठमाडौं, नेपाल कराँते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले साउन महिनाको दोस्रो साता राजीनामा दिएका छन् । करिब दुई वर्षअघि निर्वाचित भएका भट्टराईले आफ्ना व्यावसायिक व्यस्तताका कारण राजीनामा दिएको जनाएका छन् ।

उनले महासंघमा काम गर्ने क्रममा आफूलाई समय दिन सक्न नपाएको र त्यसैले पदबाट हट्ने निर्णय गरेको स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया