मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)

नेपाललुक संवादाता ।
हलिया मुक्ति घोषणा भएको १२ वर्ष पूरा भए पनि अहिलेसम्म पुनस्र्थापनाको काम सम्पन्न हुन सकेको छैन। सरकारले मुक्त घोषणा गरेको यति धेरै वर्ष बितिसक्दा पनि मुक्त हलियाका समस्या अझै कहालिलाग्दा छन् । २०६५ साल भदौ २१ गतेका दिन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो। हलिया मुक्तिको घोषणा हुँदा सुदूपश्चिम र साबिकको मध्यपश्चिमका १९ हजार ९ सय ६५ जना हलिया परिवार खुसी भएका थिए। तर, अहिलेसम्म उनीहरूको पुनस्र्थापनाको काम सम्पन्न नहुँदा निराश भएका छन्। अहिले पनि धेरै मुक्त हलिया रहेका र उनीहरूले परिचयपत्र पाउन सकेका छैनन् ।
मुक्त भइसकेपछि पनि परिचयपत्र नपाउँदा समस्या भएको छुट मुक्त हलियाहरूले बताएका छन्। आफूहरूले परिचयपत्र नपाउँदा सरकारी कार्यक्रमको लाभ लिन नपाएको उनीहरुले बताए।
आयआर्जनका लागि केही सीपमूलक कार्यक्रम पनि संचालन गरिएको र त्यसबाट उनीहरुले केही आजआर्जन पनि गरिरहेका छन् । सरकारले मुक्त्त हलियालाई यस आर्थिक वर्षमा बजेटको पनि व्यवस्था गरेको छैन । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले आगामी वर्षमा कोही पनि भूमिहिन नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै सुदूरपश्चिम प्रदेश प्रमुख विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले अब आउँदो अधिवेशनमा जसरी पनि विधेयक ल्याउन पहल गर्ने र त्यसलाई पास गराएर कानून निर्माण गर्ने कुरामा संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुदूरपश्चिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आउँदो अधिवेशनमा विधेयक ल्याउने र त्यसलाई कार्यान्वय गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । भिडियो हेर्नुस ः





तपाईको प्रतिक्रिया