राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सिइओको लागि अनिल पोखरेल, डा. प्रेम बहादुर थापा र विष्णु प्रसाद खरेलको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको छ ।
प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्तिको लागि प्राप्त हुन आएका दरखास्त आवेदनहरुमध्ये स्वीकृत दरखास्त आवेदनहरुका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने पाँच जना उम्मेदवारहरुलाई सोचपत्र र व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनमा प्राप्त गरेको कूल अंकमा योग्यताक्रमअनुसार तीन जना उम्मेदवारको नाम मन्त्रिपरिषद् समक्ष सिफारिश गरेको हो ।

तपाईको प्रतिक्रिया