डेलको प्रश्न: जाँचबुझ आयोगको प्रतिवेदन किन अझै सार्वजनिक भएन ?

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमा जारी गरेको वक्तव्यमा उनले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन लामो समय भइसके पनि अझै सार्वजनिक नभएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले प्रतिवेदन...

कांग्रेस समीक्षा : पार्टीभित्रको असहमति र संगठनात्मक कमजोरीले निर्वाचनमा परिणाम प्रभावित

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयको मुख्य कारण पार्टीभित्रकै समस्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीसँग कुरा गर्दै अधिकांश निर्वाचन क्षेत्रमा देखिएको मतान्तरको आधारमा आन्तरिक कारणले अपेक्षित मत प्राप्त हुन नसकेको संकेत देखिएको बताए। उनका अनुसार निर्वाचन अभियान सञ्चालनमा भएका...

प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्र्याकमा ल्याउने :पद्मा अर्याल

काठमाडौं। नेकपा (एमाले) की सचिव पद्मा अर्यालले निर्वाचन परिणाम स्वीकार गर्दै आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले जनताको मतको सम्मान गर्ने बताइन्। अर्यालले भनिन्, "जनताले प्रकट गरेको मतप्रति हाम्रो सम्मान छ। हामीलाई मत किन दिनुभएन भनेर भनेका छैनौं।...

पितृशोकमा रहेका अध्यक्ष ओलीलाई भेट्न राष्ट्रपति पौडेल गुण्डुमा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन् र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। अध्यक्ष ओली हाल पितृशोकमा रहेका छन्। यस अवसरमा राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई समवेदना व्यक्त गरेका छन्। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते निधन भएको थियो। ...

जनमत पार्टीले चुनावी समीक्षा बैठक बोलायो

काठमाडौँ । फागुन २१ गते सम्पन्न चुनावको समीक्षा गर्न डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई चरणमा बैठक आयोजना गर्ने भएको छ। पार्टीले पहिलो चरणमा केन्द्रीय सचिवालयसँग बैठक गर्नेछ भने दोस्रो चरणमा उम्मेदवार र पर्यवेक्षकहरूसँग छुट्टाछुटै अनलाइन छलफल गर्ने तयारी गरेको छ। भर्चुअल बैठकमा चुनावी अनुभव, निर्वाचन रणनीति र आगामी कार्यदिशाबारे...

‘सिफारिस अनुसार कारबाही गर्नुस्, नत्र फेरि आन्दोलन हुन्छ’ — गौरीबहादुर कार्की

काठमाडौं : जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन्। प्रतिवेदन बुझाउँदै उनले त्यसलाई सार्वजनिक गर्न र आयोगले गरेको सिफारिसअनुसार आवश्यक कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। अध्यक्ष कार्कीका अनुसार उनले आयोगमा जिम्मेवारी लिनुअघि नै जाँचबुझ आयोग गठन भई त्यसको प्रतिवेदन सार्वजनिक गरिनुका साथै दोषीमाथि...

निर्वाचनका दिन पूर्ण यातायात बन्द गर्नु उपयुक्त होइन : कमल थापा

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा ले निर्वाचनका दिन सम्पूर्ण यातायात सेवा बन्द गर्ने निर्णय उपयुक्त नहुने बताएका छन्। काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापाले मतदानका क्रममा अशक्त, ज्येष्ठ नागरिक तथा अन्य सर्वसाधारणलाई आवतजावतमा समस्या नपरोस् भन्ने उद्देश्यले सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाई सीमित रूपमा बस...

प्रतिनिधि सभा निर्वाचन लक्ष्य गर्दै ओलीको झापा दौडाह

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लामो समयपछि आफ्नो गृहजिल्ला झापा पुगेका छन्। जेनजी आन्दोलनपछिको परिस्थितिमा लागू गरिएको यात्रा प्रतिबन्ध हटेसँगै उनी पहिलो पटक काठमाडौँ उपत्यकाबाहिर निस्किएका हुन्। सोमबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेपछि ओलीलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए। विमानस्थलबाट उनी दमकतर्फ लागेका छन्,...

सबै पक्ष समेटेर उम्मेदवार तय गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार चयन गर्ने उद्देश्यले सभापति गगन थापाले संसदीय बोर्डको बैठक आह्वान गरेका छन्। संसदीय बोर्डका एक सदस्यका अनुसार बैठक बिहान ११ बजेदेखि जारी छ। बैठकमार्फत पार्टीका विभिन्न पक्षलाई समेट्दै उम्मेदवारको टुंगो लगाइने तयारी गरिएको उनले बताए। उनका अनुसार सहमतिको आधारमा टिकट वितरण गर्ने प्रयास भइरहेको छ र...

आज राजीनामा नदिने बालेनको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज राजीनामा नदिने निर्णय गरेका छन्। यसअघि आज (माघ ४) नै राजीनामा दिने तयारीमा रहेको बताइए पनि पछिल्लो राजनीतिक अवस्था र समग्र परिस्थितिको मूल्यांकनपछि उनले निर्णय परिवर्तन गरेका हुन्। मेयर शाहको सचिवालयका अनुसार राजीनामाको विषयमा छलफल भए पनि आजकै दिन उक्त कदम नचाल्ने...