एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?

एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चेपुवामा छन् । अमेरिकी सहायता परियोजना (एमसीसी) माथिको विवाद बढ्दै जाँदा पार्टी र गठवन्धनको दुईतर्फी दबाब उनीमाथि छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको एक प्रमुख घटक माओवादी केन्द्र पनि हो । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस...

रामकुमारी झाँक्रीप्रति गोकुल बास्कोटाको व्यङ्ग्य : मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो

काठमाडौं । पूर्व मन्त्री गोकुल बास्कोटाले २४ लाख डोज खोप गायब हुँदा र देशको सिमानामा विदेशीले एकलौटी सडक बनाउँदा बिगतमा केपी ओली सरकारलाई प्रश्न गर्ने नेताहरु बेपत्ता भएको टिप्पणी गरेको छ । बास्कोटाले व्यंग्य गर्दै भनेका छन्– एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको...

भारतलाई एमालेले भन्यो- नेपालमाथिको बलमिच्याइँ रोक

भारतलाई एमालेले भन्यो- नेपालमाथिको बलमिच्याइँ रोक
काठमाडौं – नेकपा (एमाले) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ- ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना...

नारायणहिटी प्रमुखको राजीनामा

 व्यापारिक घराना बतास समूहसँग मिलेमतोमा रेस्टुरेन्ट सञ्चालन सम्झौता गरेको छानबिनमा देखिएपछि नारायणहिटी दरबार संग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । राजीनामा मंगलबारै स्वीकृत गर्दै मन्त्रालयले मिलेमतोमा भ्रष्टाचार भएको छानबिन प्रतिवेदनको निष्कर्ष प्रहरी र अख्तियारलाई पठाउने निर्णय गरेको छ ।  ...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौँ — मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।  सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । ...

एमाले जिल्ला अधिवेशन १५ जिल्लामा नेतृत्व सर्वसम्मत

काठमाडौँ — नेकपा एमालेको जिल्ला अधिवेशनमा१५ जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार १५ वटा जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । हेर्नुहोस् कुन जिल्लामा को अध्यक्ष भए ः झापा दीपक कार्की मोरङ ऋषिकेश पोखरेल, पाल्पा धनेन्द्रराज घिमिरे, दाङ हुकुमबहादुर बस्नेत, डोल्पा शेरबहादुर बुढा,...

एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण

एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले  मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग भने, ‘नेपालको विकासका लागि पूर्ववर्ति सरकारहरूको पालामै एमसीसी अगाडि बढेको हो । सरकार र एमसीसी परियोजनाको बीच धेरै वर्षअघि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व हो ।’एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको प्रष्ट्याए । मन्त्री...

कांग्रेस महाधिवेशन : मत परिणाम आइसकेको पदमा शशांक कोइराला ‘म्यान अफ द इलेक्शन’

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३८३६ मत प्राप्त गरेका छन्। देउवा र कोइराला दुवेले उनलाई आ-आफ्नो प्यानलमा राखेका थिए। त्यस्तै, एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ...

ओलीलाई मनाउन हड्ताली वकिल बालकोट जाँदै

करीव डेढ महिनादेखि प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित हडताली न्यायाधीश समूहका सहयोगी वकिलहरुले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । बार पदाधिकारीले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउन दबाब दिइरहेका छन् । एमालेलाई पनि महाअभियोगमा मनाउन बार नेतृत्वले अध्यक्ष ओलीसँग भेट्न लागेको...

राष्ट्रिय जनगणना– २०७८: लिपुलेक–कालापानीमा पनि गणना हुने

काठमाडौं । ११औं राष्ट्रिय जनगणना २०७८ भोलिदेखि शुरु हुँदैछ । सरकारले लिपुलेक र कालापानी समेटेर प्रशासनिक र राजनीतिक नक्सा जारी गरेपछि कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ  । उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । तथ्याङ विभागले आज गरेको पत्रकार सम्मलेनमा...