गृहमन्त्री सुधन गुरुङको राजीनामा, अपारदर्शी सम्पत्ति विवादपछि बाहिरिए

९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। अपारदर्शी सम्पत्ति र विवरण नदेखाइएको शेयरबारे विवाद चर्किएपछि उनीमाथि नैतिक तथा कानुनी प्रश्न उठेको थियो।रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह सँग छलफलका क्रममा गुरुङले छानबिन समिति गठन गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए। तर सरकारको ‘शून्य सहनशीलता’ नीतिअनुसार राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।

गुरुङले आफ्नो सम्पत्ति विवरणमा माइक्रो इन्स्योरेन्स कम्पनीका शेयर उल्लेख नगरेको, सम्पत्तिको स्रोत स्पष्ट नखुलाएको र विवादित व्यक्तिसँगको सम्बन्ध सार्वजनिक भएपछि सरकारमाथि सुशासनको दबाब बढेको थियो।

उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिने प्रयास गरे पनि विवाद मत्थर हुन सकेन। अन्ततः नैतिकताको आधारमा राजीनामा दिएको बताएका गुरुङमाथि आवश्यक परे थप अनुसन्धान हुन सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया