सहिद परिवारलाई न्याय दिनु प्रतिशोध होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहिदका परिवार, विशेषगरी आमालाई न्याय पाउने प्राथमिक अधिकार रहेको बताएका छन्।

बिहीबार बसेको संसद्को पहिलो बैठकमा बोल्दै उनले हाल देखिएको विरोध प्रदर्शनप्रति संकेत गर्दै सहिद परिवारले न्याय माग्नु कुनै प्रतिशोधको भावना नभएको स्पष्ट पारे।

उनले सहिदका परिवारको पीडा र अधिकारलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै न्यायको मागलाई गलत रूपमा व्याख्या गर्न नहुने धारणा राखे।

तपाईको प्रतिक्रिया