संविधान कार्यान्वयनको अध्याय अधुरो – काङ्ग्रेस

काठमाडौँ, ३ असोज । नेपाली काङ्ग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ । संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व विस्तार, पालनाका काम अझै अधुरो रहेको जानकारी गराइयो । काङ्ग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन तीन तहको...