रास्वपाले सांसद र मन्त्रीको लेबी परिमार्जन गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा मन्त्रीहरूको लेबी दरमा संशोधन गरेको छ। यससम्बन्धी निर्णय आइतबार बसेको सचिवालय बैठकले गरेको थियो, जसलाई सोमबारको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको पार्टीले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार संशोधित व्यवस्थाअनुसार सांसदहरूको लेबी मासिक १५ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि उक्त रकम १६ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, मन्त्रीहरूको लेबी १८ हजार रुपैयाँ निर्धारण गरिएको छ भने स्वकीय सचिवका लागि दुई हजार रुपैयाँ तोकिएको जानकारी दिइएको छ।

पार्टीले आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउन लेबी दरमा परिमार्जन गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया