उपसभामुख चुनावमा कांग्रेसको साथ ठाकुरलाई

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको अनौपचारिक बैठकपछि सांसद अर्जुननरसिंह केसीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार पार्टीले आफ्ना सांसदहरूलाई ठाकुरको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

केसीले उपसभामुख निर्वाचनलाई ध्यानमा राख्दै समर्थनबारे पुनः स्पष्ट गर्न बैठक बसिएको बताए । उनले यसअघि नै गरिएको निर्णयलाई औपचारिक रूपमा सबै सांसदसम्म जानकारी गराउने उद्देश्यले छलफल गरिएको उल्लेख गरे ।

यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि ठाकुरलाई समर्थन गर्ने घोषणा गरिसकेको छ । उपसभामुख पदका लागि ठाकुरसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा प्रतिस्पर्धामा रहेकी छन् ।

तपाईको प्रतिक्रिया