अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष विपक्षी दलको माग

काठमाडौं। विपक्षी दलहरूको बैठकले सरकारले जारी गरेका अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा सम्पन्न उक्त बैठकमा श्रम संस्कृति पार्टीबाहेक अन्य प्रतिपक्षी दलहरूको सहभागिता रहेको बताइएको छ। बैठकले वर्तमान अवस्थामा ल्याइएका अध्यादेशहरूबारे असन्तुष्टि जनाउँदै ती कदम पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरेको हो। विपक्षी दलहरूले अध्यादेश...

“स्थिर सरकारसँगै विकास योजनाले गति लिनेछ: सांसद. जगदीश खरेल”

काठमाडौँ, १४ वैशाखlस्थिर राजनीतिक वातावरण कायम भएपछि मुलुकको विकास निर्माणका कार्यहरूले अपेक्षित गति लिने विश्वास व्यक्त गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माननीय जगदीश खरेलले विगतमा सरकार बारम्बार परिवर्तन हुँदा विकासका दीर्घकालीन योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रद्वारा...

आर्थिक छानविनपछि एन्फा पदाधिकारीमाथि कारबाही, विदेश जान नपाउने अवस्था

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जना पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ, जसका कारण उनीहरूको विदेश यात्रा तत्कालका लागि रोकिएको छ। अध्यागमन विभागका अनुसार सम्बन्धित निकायबाट प्राप्त सिफारिसका आधारमा ती पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा समावेश गरिएको हो। उक्त निर्णयपछि उनीहरूले विदेश यात्रा गर्न नपाउने भएका छन्। एन्फासँग...

इरानी टोली फर्किएपछि अमेरिकी वार्ता टोलीको इस्लामाबाद भ्रमण अन्तिम समयमा रद्द

काठमाडौं — अमेरिका र इरानबीच सम्भावित कूटनीतिक संवादलाई लिएर नयाँ परिस्थिति सिर्जना भएको छ। इरानी प्रतिनिधिमण्डल पाकिस्तानबाट फर्किएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामाबादका लागि तय गरिएको अमेरिकी वार्ता टोलीको भ्रमण अन्तिम समयमा रद्द गरेका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने तयारीमा थियो। तर अन्तिम क्षणमा निर्णय परिवर्तन गर्दै ट्रम्पले आफ्ना...

निराशावादी प्रवृत्तिप्रति प्रचण्ड असन्तुष्ट, ‘सच्चिने बस्नुस्, नत्र बाटो लाग्नुस्’

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले निराशा फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले निराशा व्यक्त गर्नेहरू आफ्नो अगाडि नआए राम्रो हुने बताएका हुन्। उनले छिट्टै कम्युनिस्ट पार्टीप्रति जनताको समर्थन बढ्ने दाबी गर्दै सरकारका कामकारबाहीबाट त्यसका संकेत देखिन थालेको उल्लेख गरे। प्रचण्डले समाज र पार्टीमा सबै पुस्ताको भूमिका आवश्यक...

प्रचण्डद्वारा गृहमन्त्रीको राजीनामा निर्णयलाई सकारात्मक टिप्पणी

९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रीले राजीनामा दिनु उचित कदम भएको टिप्पणी गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रश्न उठेपछि पदबाट राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो निर्णय गरेको बताएका हुन्। गृहमन्त्रीको राजीनामाबारे प्रतिक्रिया दिँदै प्रचण्डले संक्षेपमा भने, “उहाँले...

गृहमन्त्री सुधन गुरुङको राजीनामा, अपारदर्शी सम्पत्ति विवादपछि बाहिरिए

९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। अपारदर्शी सम्पत्ति र विवरण नदेखाइएको शेयरबारे विवाद चर्किएपछि उनीमाथि नैतिक तथा कानुनी प्रश्न उठेको थियो।रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह सँग छलफलका क्रममा गुरुङले छानबिन समिति गठन गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए। तर सरकारको ‘शून्य सहनशीलता’...

रास्वपाले सांसद र मन्त्रीको लेबी परिमार्जन गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा मन्त्रीहरूको लेबी दरमा संशोधन गरेको छ। यससम्बन्धी निर्णय आइतबार बसेको सचिवालय बैठकले गरेको थियो, जसलाई सोमबारको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको पार्टीले जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार संशोधित व्यवस्थाअनुसार सांसदहरूको लेबी मासिक १५ हजार रुपैयाँ कायम गरिएको छ।...

सचिवालय बैठकपछि केन्द्रीय समिति छलफलमा रास्वपा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार अपराह्न देखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय चःमतिमा आयोजना गरिएको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार बैठकका लागि नौ वटा एजेन्डा तय गरिएका छन्। ती एजेन्डामाथि सदस्यहरूबीच क्रमशः छलफल अघि बढाइएको...

उपसभामुख चुनावमा कांग्रेसको साथ ठाकुरलाई

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको अनौपचारिक बैठकपछि सांसद अर्जुननरसिंह केसीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार पार्टीले आफ्ना सांसदहरूलाई ठाकुरको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । केसीले उपसभामुख निर्वाचनलाई ध्यानमा...