ज्ञानेन्द्र शाही द्वारा जेनजी’ आन्दोलनबारे निष्पक्ष छानबिनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित घटनाहरूको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा दलीय धारणा प्रस्तुत गर्दै उनले उक्त आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएको दाबी गरे। उनले धेरै युवाहरूले ज्यान गुमाएको तथा हजारौं घाइते र अशक्त बनेको उल्लेख गर्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही हुनुपर्ने बताए।

शाहीले आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि समेत गम्भीर आक्रमण भएको उल्लेख गर्दै यस्ता घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।

त्यसैगरी उनले तत्कालीन सरकारको नीतिगत कमजोरी र अहंकारका कारण देशमा अस्थिरता बढेको टिप्पणी गरे। उनका अनुसार त्यस अवस्थाले राज्यका संरचनामा समेत क्षति पुगेको थियो।

उनले हालको संसद् सञ्चालनको अवस्थालाई संकेत गर्दै सरकारलाई विगतका घटनाबाट पाठ सिक्न आग्रह समेत गरे।

तपाईको प्रतिक्रिया