बाबुराम भट्टराईले कारागारमा भेटे रवि लामिछाने, न्यायिक हिरासतप्रति आपत्ति जनाए

काठमाडौं, — पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार भैरहवास्थित कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय दुईदिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भएको भेटबारे भट्टराईको सचिवालयले जानकारी दिएको छ। भेटका क्रममा भट्टराईले लामिछानेलाई न्यायिक हिरासतमा राखेर अन्याय भइरहेको बताउँदै...

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि प्रति एमालेको असहमति

काठमाडौं, — निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ मा सत्तारूढ दल नेकपा (एमाले)ले असहमति जनाएको छ। एमालेको तर्क छ कि राजनीतिक दलको आन्तरिक मामिला हो र आयोगले यसमा हस्तक्षेप गर्नु गलत भएको छ। निर्वाचन आयोगले उक्त कार्यविधिमाथि साउन २२ गतेसम्म दल तथा सरोकारवालाबाट सुझाव मागेको थियो। एमाले केन्द्रीय निर्वाचन...

एमाले सांसद बाँस्कोटाले सरकारसँग संविधान संशोधन प्रक्रिया अघि बढाउन माग

काठमाडौँ — एमाले सांसद गोकुल बाँस्कोटाले बुधबार प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको प्रक्रिया कहाँ पुगेको छ भनेर सरकारलाई प्रश्न गरेका छन्। उनले सरकारले केही सकारात्मक काम गरे पनि संविधान संशोधनको विषय अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बाँस्कोटाले वर्तमान राजनीतिक दलहरूले केही गर्न नसकेको भनेर लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन खोजिएकोप्रति...

सांसद मनीष झा भन्छन् : ‘देश खत्रासँग चलिरहेको भन्नेहरूको तमासा देखियो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले देश खत्रासँग चलाइरहेको दाबी गर्नेहरू विभिन्न विषयमा तमासा देखाइरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद झाले भाषा आयोगको सदस्यको नाम मिलेकै आधारमा राज्यको सेवासुविधा अर्काे व्यक्तिले लिँदा पनि पत्तो नपाउनेहरूको अवस्थाले देश कसरी चलाइरहेको हो भन्ने स्पष्ट भएको बताए। उनले...

श्रेष्ठ र चन्दबीच भेटवार्ता, पार्टी एकताबारे सम्भाव्यता छलफल

काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ। बुधबार हात्तीवनस्थित श्रेष्ठको निवासमा दुई नेताबीच करिब एक घण्टा लामो भेटघाट र समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी केन्द्र स्रोतले जनाएको छ। भेटमा समसामयिक राजनीतिक परिस्थिति, दुवै पार्टीबीचको सम्बन्ध तथा सम्भावित पार्टी...

बहुविवाहलाई कानुनी मान्यता दिने विधेयक सरकारले ल्याउने छैन : कानुनमन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई मान्यता दिने कुनै पनि कानुनी प्रस्ताव संसदमा ल्याइने छैन भन्ने स्पष्ट पारेका छन्। बुधबार (साउन २१) प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधनको तयारी भइरहेको भन्ने सार्वजनिक समाचारबारे प्रश्न उठाएका थिए। जवाफमा मन्त्री चौरसियाले सरकारले यस्तो कुनै विधेयक संसदमा...

‘हाइअलर्ट’ मा पुग्यो सरकार, मनसुनजन्य विपद्‌बारे सिंहको आपतकालीन बैठक

काठमाडौं, – देशका विभिन्न भागमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सम्बन्धित सबै सरकारी निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। शहरी विकास मन्त्रालयमा मंगलबार बिहान बसेको आपतकालीन समन्वय बैठकमा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तत्काल आवश्यक पूर्वतयारी र सक्रियता अपनाउन...

बहुविवाह र विवाहको उमेरसम्बन्धी व्यवस्थामा सुधारका लागि उपसमिति गठन ?

काठमाडौं — गृहमन्त्री रमेश लेखकले बहुविवाह र विवाहको उमेर सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्न मन्त्रिपरिषद्को विधेयक समितिमा उपसमिति गठन गरिएको जानकारी दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले बाहिर भइरहेका चर्चा, चिन्ता र चासोलाई सम्बोधन गर्दै यस्तो निर्णय गरिएको बताए। उनीहरूले अग्रिम जमानत...

रास्वपाले भ्रष्टाचार छानबिन नभएसम्म विरोध जारी राख्ने सांसद शाहको दाबी

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा भ्रष्टाचार छानबिन नहुँदासम्म विरोध जारी राख्ने जनाएको छ। सोमबार प्रतिनिधि सभामा बोल्दै रास्वपा सांसद असिम शाहले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म पार्टीको विरोध जारी रहने बताएका छन्। शाहले भ्रष्टाचारका अन्य प्रकरणहरू पनि सार्वजनिक भए पनि मन्त्रीले राजीनामा दिएपछि छानबिन फाइल बन्द...

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको दाबी पेस

हेटौंडा, – बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढेसँगै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बन्ने दाबी पेस गरेका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। त्यसैअनुसार कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाँले मुख्यमन्त्रीमा नियुक्तिका लागि...