कुलिङ अफ पिरियड प्रकरण : संसदीय समितिको प्रतिवेदन कार्यान्वयनमा लैजान सभामुखको निर्देशन


काठमाडौँ — सङ्घीय निजामती सेवा विधेयक, २०८० अन्तर्गतको ‘कुलिङ अफ पिरियड’ प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्।

शुक्रबार प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावको आधारमा सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउन निर्देशन दिएका हुन्।

उनको निर्देशन अनुसार प्रतिनिधि सभा सचिवालयले प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, तथा सबै दलका संसदीय दलका कार्यालयहरूमा पठाउनेछ।

त्यस्तै सभामुख घिमिरेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद् सचिवालयलाई पनि आवश्यक कार्यान्वयन प्रक्रियाका लागि प्रतिवेदन उपलब्ध गराउन सचिव राईमार्फत निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया