नेपालमा लगानीका लागि कुनै बाधा छैन : प्रधानमन्त्री ओली

काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा व्यवसाय गर्न कुनै बाधा नरहेको दाबी गरेका छन्। मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित १७औं नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पूर्वाधार निर्माण तथा नीतिगत सुधारमार्फत लगानीका लागि अनुकूल वातावरण तयार गरिएको बताए। “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू तथा आवश्यक पूर्वाधार...

उपसभामुख हटाउने प्रयास गलत, विरोधमा उत्रिन्छौं – प्रचण्ड

काठमाडौं, – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासको कडा विरोध गर्ने बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उपसभामुख हटाउन खोज्नु कांग्रेस–एमालेको गल्ती भएको बताए। उनका अनुसार, उपसभामुखमाथि गरिएको हटाउने प्रयास अनाहक, अन्यायपूर्ण र पूर्वाग्रही छ। “उपसभामुख हटाउने तयारी पहिले देखिकै...

नेपालमा वाम एकताको सम्भावना बलियो देख्दिनँ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर, — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वामपन्थी दलहरूबीच एकता हुने सम्भावना अहिलेको अवस्थामा कमजोर देखिएको धारणा राखेकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशमा वामपन्थी दलहरूको संख्या धेरै भएको उल्लेख गर्दै एकता सम्भव नभएको त होइन, तर त्यसको सम्भावना बलियो पनि नरहेको बताइन्। उनले भनिन्, “नेपालमा यति धेरै वामपन्थी पार्टीहरू...

कर्मचारी सरुवामा पारदर्शिता ल्याउन संघीय निजामती सेवा विधेयक निर्णायक : मन्त्री न्यौपाने

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा विधेयकलाई कर्मचारी सरुवा प्रणाली पारदर्शी, प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण दस्तावेजको रूपमा उल्लेख गर्नुभएको छ। सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले हाल प्रचलनमा रहेको "भनसुनका आधारमा हुने सरुवा" रोक्न विधेयकले सहायक भूमिका खेल्ने विश्वास व्यक्त...

देशमै केही गर्ने सोचले युवाहरू जागरूक बन्दैछन् : अध्यक्ष दाहाल

काठमाडौं —नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय युवाहरू देशमै केही गर्ने भावना र सोचसहित जागरूक बन्दै गएको बताएका छन्। शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण सिटी–एभोकाडो सिटी अभियानको समापन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशका विभिन्न भागमा युवाहरू स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानमा सक्रिय देखिन थालेको उल्लेख गरे। उहाँले विदेशिने प्रवृत्तिमा...

कुलिङ अफ पिरियड प्रकरण : संसदीय समितिको प्रतिवेदन कार्यान्वयनमा लैजान सभामुखको निर्देशन

काठमाडौँ — सङ्घीय निजामती सेवा विधेयक, २०८० अन्तर्गतको ‘कुलिङ अफ पिरियड’ प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्। शुक्रबार प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावको आधारमा सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउन निर्देशन दिएका हुन्। उनको...

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता र करको दायरामा ल्याउने : प्रधानमन्त्री ओली

ललितपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जालहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्। आइसिटी फाउण्डेशनद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालहरू नेपालका प्रचलित कानुनअनुसार दर्ता हुनु, कर तिर्नु र अन्य सबै कानुनी दायित्व पूरा गर्नु आवश्यक रहेको स्पष्ट...

अस्थिरताको चाहना जतिसुकै भए पनि गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहन्छ :प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूलाई मुलुकमा अस्थिरता ल्याउने प्रयासमा लागेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अस्थिरताको इच्छा जतिसुकै भए पनि वर्तमान सत्ता गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले राजनीतिक तथा नीतिगत स्थायित्व कायम गर्दै अर्थतन्त्रलाई सुधार्ने उद्देश्यले प्रमुख दुई दलको...

नेकपा एसकी केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा प्रवेश

दाङ । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख उमा काफ्ले नेकपा (एमाले)मा प्रवेश गरेकी छन्। बुधबार लमहीमा सुरु भएको एमालेको लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकको अवसरमा उनलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा स्वागत गरिन्। बैठकमा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री...

समृद्ध नेपालको जिम्मेवारी अब युवाको काँधमा : राष्ट्रपति पौडेल

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी अब युवाहरूको काँधमा आएको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले युवाहरू समृद्ध राष्ट्र निर्माणको युगीन जिम्मेवारी बहन गर्न सक्षम भइसकेको विश्वास...