सिंहदरबारमा आज प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ। दुवै नेताबीच दिउँसो ३ बजे सिंहदरबारमा भेट तय भएको हो। नेताहरूका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ। भेटवार्तामा सरकारको वर्तमान अवस्था, सम्भावित राजनीतिक सहकार्य र समन्वयबारे कुराकानी हुने अनुमान गरिएको...

विद्या भण्डारीको निर्णय कल्पनाबाहिरको भयो : ओली

विद्या भण्डारीको निर्णय कल्पनाबाहिरको भयो : ओली
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका छन्। शनिबार साँझ बालुवाटारमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँगको बैठकमा ओलीले पार्टी एकतामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै भण्डारीको निर्णय “कल्पनाबाहिरको” भएको बताएका हुन्। तीन घण्टा लामो छलफलमा ओलीले भने, “महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय...

पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्नु अनुचित : सिटौला

काठमाडौं, – नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले पूर्वराष्ट्रपतिहरूले नीतिगत रूपमा सक्रिय राजनीति गर्न नमिल्ने स्पष्ट पारेका छन्। आइतबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेता सिटौलाले राष्ट्रपति पद राष्ट्रप्रमुखको सम्मानित हैसियत भएकाले पूर्वराष्ट्रपतिले पुनः सक्रिय राजनीतिमा फर्कनु उचित नहुने बताएका हुन्। “हाम्रो राष्ट्रपति प्रणाली सेरेमोनियल (औपचारिक) हो,” उनले भने, “राष्ट्रपति भइसकेको व्यक्ति...

शेखर कोइरालाद्वारा निकट सांसदहरूको आकस्मिक बैठक, राजनीतिक सक्रियता तीव्र

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट सांसदहरूसँग आकस्मिक बैठक गरेका छन्। आइतबार दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बैठक बसिरहेको स्रोतले जनाएको छ। संस्थापन इतर समुहका एक नेताका अनुसार, कोइरालाले आन्तरिक राजनीतिक समन्वय र पछिल्लो शक्ति सन्तुलनबारे छलफल गर्न सांसदहरूलाई बैठकमा बोलाएका हुन्। उक्त बैठक हालसमेत जारी रहेको...

रास्वपाका महामन्त्री बुर्लाकोटीसहित नेताहरू आयोगमा, पदाधिकारी हेरफेर अद्यावधिक नभएकोमा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू आइतबार दिउँसो निर्वाचन आयोग पुगेका छन्। पार्टी पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक नभएको भन्दै उनीहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन्। रास्वपाले २०८१ साउन १७ गते केन्द्रीय समितिबाट पार्टी पदाधिकारीहरूमा हेरफेर गरिएको जानकारी आयोगमा पठाएको थियो। तर सो विवरण आयोगको आधिकारिक अभिलेखमा...

आज च्यासलमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार अपराह्न ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता हुने भएको छ। पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार, भेटवार्ता पार्टी कार्यालयमै हुने पक्का भएको हो। उनका अनुसार, प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आजको भेट तय भइसकेको...

मुलुकको शान्ति सुरक्षा सन्तोषजनक अवस्थामा छ : गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था सन्तोषजनक रहेको बताएका छन्। शुक्रबार बसेको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री लेखकले गृह मन्त्रालय शान्ति सुरक्षाको सुनिश्चितता र नागरिकको जिउधनको सुरक्षामा प्रतिवद्ध रहेको बताए। उनले भने, "अपराध नियन्त्रण, अनुसन्धान र दोषीलाई कानुनबमोजिम कारबाही गर्न गृह प्रशासन निरन्तर सक्रिय छ।" गृहमन्त्री...

२०४६ पछिका सबै नेताको सम्पत्ति छानबिन गर : राप्रपा

२०४६ पछिका सबै नेताको सम्पत्ति छानबिन गर : राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछि सत्ता र जिम्मेवारी सम्हालेका उच्च पदस्थ नेता तथा सरकारी कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ। शुक्रबार राप्रपाका नेताहरूले विभाग र आयोगमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै विगत तीन दशकभन्दा बढी समयदेखि भएका...

नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बनाइनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारको तर्फबाट दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने क्रममा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे। उनले भने, "गक्षअनुसार पारस्परिक सम्बन्धलाई अघि बढाइरहेका छौं, आगामी दिनमा...

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा ओली सरकार अल्पमतमा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले सरकारप्रति समर्थन फिर्ता गर्ने निर्णय गरेको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए। सांसद अधिकारीका अनुसार सरकारप्रति बारम्बार उठाइएका राजनीतिक तथा नीतिगत विषयहरूमा सकारात्मक प्रतिक्रिया नआएको, भ्रष्टाचार र...