युवापुस्ताको अपेक्षा सम्बोधन गर्न संविधान संशोधन आवश्यक : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो समय र युवापुस्ताको अपेक्षाअनुसार संविधान संशोधनको विषयलाई गम्भीर रूपमा अघि बढाउनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधानलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। शर्माले वर्तमान समाजमा देखिएका असन्तुष्टि र अपेक्षालाई...

सरकारको नीति तथा कार्यक्रम यथार्थपरक नभएको सांसद रञ्जित कर्णको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवहारिक नभएको टिप्पणी गरेका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य वर्तमान आर्थिक अवस्थाअनुसार चुनौतीपूर्ण रहेको बताए। उक्त लक्ष्य हासिल गर्न कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३५...

प्रधानमन्त्रीको उपस्थितिबारे सभामुखसँग कांग्रेसको रूलिङ माग

काठमाडौं । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर बुधबार संसद्मा प्रश्न उठेको छ । विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखमार्फत रूलिङ गर्न माग गरेको हो । प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगित भएपछि पुनः सुरु भएको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा...

प्रधानमन्त्रीप्रति हर्क साम्पाङको प्रश्न: “सरकारमा प्रधानमन्त्री छ कि छैन?

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगरेको विषय उठाउँदै सरकारको नेतृत्वप्रति प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिताबारे स्पष्टता माग गर्दै सरकारको कार्यशैलीमाथि टिप्पणी गरे। उनका अनुसार संसद्मा उठाइएका प्रश्नको जवाफ नदिनु जनताको प्रश्नलाई बेवास्ता गर्नु सरह हो। साम्पाङले...

जगदीश खरेलको चुनौती : म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु

काठमाडौं ।स्मार्ट टेलिकम प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा जगदीश खरेलले कडा प्रतिक्रिया दिएका छन्। उनले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै प्रमाण नभए गलत सूचना फैलाउने पक्षले नै जिम्मेवारी लिनुपर्ने बताएका हुन्। सार्वजनिक अभिव्यक्तिका क्रममा खरेलले स्मार्ट टेलिकम प्रकरणसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे। यदि उक्त प्रकरणमा आफू...

जीवनी होइन, देशको भविष्य लेख्ने उद्देश्यमा छौं : रास्वपा सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी निर्माणभन्दा देशको राजनीतिक इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित अघि बढिरहेको बताएका छन्। काठमाडौंमा आयोजित पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले राजनीति पद प्राप्तिको माध्यम मात्रै नभएको धारणा राखे। उनका अनुसार सरकारमा कुन तहको जिम्मेवारीमा पुगिन्छ भन्नेभन्दा देशलाई कस्तो दिशा...

चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोशित कानुनी उपचार खोज्ने जगदीश खरेलको चेतावनी,

काठमाडौं, वैशाख २४ । पूर्वसञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रामक प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै पनि गल्ती नगरेको दाबी गरेका छन् । सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमसँग सम्बन्धित अर्बौं रकम हिनामिनाको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति संकेत गर्दै...

भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन नागरिकको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने दिशामा सरकार अघि बढिसकेको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित र पारदर्शी समाधान गरिने स्पष्ट पार्नुभएको हो। प्रधानमन्त्री शाहका अनुसार जोखिमयुक्त स्थानमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था...

संवैधानिक परिषद् अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं — सरकारले संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने निष्कर्ष निकालेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार अध्यादेशलाई कुनै संशोधन नगरी अघिकै स्वरूपमा नै राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरिएको हो। यसअघि राष्ट्रपतिले उक्त...

सरकारले फेरि तीन अध्यादेश अघि सार्‍यो, राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं ।सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ। यसअघि नै केही कानुनी व्यवस्था सम्बन्धी अध्यादेशहरू जारी गरिसकेको सरकारले पुनः नयाँ प्रस्ताव अघि बढाएको हो। सरकारी स्रोतका अनुसार नयाँ अध्यादेशहरू राष्ट्रपति रामचन्द्र पौडेल को कार्यालयमा पुगिसकेका छन्। यीमध्ये स्वास्थ्य सेवा सम्बन्धी, केही नेपाल ऐन संशोधनसँग सम्बन्धित र अर्को...