मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बुधबार दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ। बैठकमा समसामयिक सरकारी विषयसँगै विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल हुने एक मन्त्रीले...

जसपा नेपालले लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। जसपा नेपालका महासचिव सुरेन्द्रकुमार झाले पार्टीको निर्णयअनुसार मुख्यमन्त्री आचार्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिएका हुन्। समर्थन फिर्तासँगै जसपा नेपालले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना...

दक्षिण कोरियाली राजदूत पार्कको बिदाइ भेट, नेपाल–कोरिया सम्बन्ध थप विस्तारमा जोड

काठमाडौँ । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी विस्तारसँगै व्यापार, स्वास्थ्य र शिक्षा...

वामपन्थी एकताका लागि सकारात्मक वातावरण बनेको प्रचण्डको दाबी

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिबीच सहकार्यका लागि अनुकूल वातावरण बनेको बताएका छन्। मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो पार्टी र नेकपा (एमाले)बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिरहेको बताए। संयोजक दाहालका अनुसार तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा पुगिसकेको...

चुनदेवीमा कांग्रेस संस्थापनइतर समूहको बैठक जारी, राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सोमबार काठमाडौंको चुनदेवीस्थित नवस्थापित सम्पर्क कार्यालयमा जारी छ। संस्थापनइतर समूहले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याएको सम्पर्क कार्यालयबाट पहिलो औपचारिक बैठक बसेको हो। बैठकमा महाधिवेशनको रणनीति, संगठन विस्तार र आगामी कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ। नेता विमलेन्द्र निधिका अनुसार, चुनदेवीमा भाडामा लिइएको सम्पर्क...

नेपाली कांग्रेस फुटिसकेको छ:ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजित भइसकेको दाबी गरेका छन्। उनले लोकतान्त्रिक शक्तिहरूबीचको एकता कमजोर पार्ने उद्देश्यले कांग्रेस फुटाइएको टिप्पणी गरेका हुन्। मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले वर्तमान राजनीतिक अवस्थाबारे बोल्ने क्रममा नेपाली कांग्रेस फुटेको दाबी गरे। उनले...

देशभक्त र गणतन्त्र पक्षधर शक्तिलाई एकताबद्ध गर्नुपर्नेमा माधव नेपालको जोड

काठमाडौं, — नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्। उनले यस विषयमा फैलिएका चर्चा र अड्कलबाजीप्रति विश्वास नगर्न कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्। शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले एमालेसँग एकता हुन लागेको भन्ने चर्चा बारम्बार उठ्ने...

कर विवादमा संसदीय छानबिनको माग दोहोर्‍याउँदै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले करको दर हेरफेरसम्बन्धी विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद शाहीले आफूहरूद्वारा उठाइएको संसदीय छानबिन समितिको माग कुनै व्यक्तिगत वा राजनीतिक आग्रहका लागि नभएको दाबी गरे। उनले सरकार वा अर्थमन्त्रीलाई काम गर्न नदिने उद्देश्य आफ्नो पक्षको...

आइतबार बिदा हट्ने चर्चा, स्थानीय तहले भने सुरु गरे नियमित कामकाज

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन, ऊर्जा खपत नियन्त्रण तथा प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यसहित सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदा नीति कार्यान्वयनको प्रारम्भिक चरणमै चुनौतीमा परेको देखिएको छ। निर्णय लागू भएको केही समयमै देशका विभिन्न स्थानीय तहहरूले आइतबार पनि नियमित रूपमा कार्यालय तथा विद्यालय सञ्चालन गर्न थालेपछि उक्त...

७ वर्षपछि उत्तर कोरिया पुग्दै सी जिनपिङ, रुससँग बलियो बनेका किमसँग हुने वार्तामा विश्वको चासो

काठमाडौं, जेठ २२ — चिनियाँ राष्ट्रपति Xi Jinping को उत्तर कोरिया भ्रमणलाई अन्तर्राष्ट्रिय राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। करिब सात वर्षपछि हुन लागेको यो भ्रमण त्यतिबेला भइरहेको छ, जब उत्तर कोरियाली नेता Kim Jong Un पहिलेको तुलनामा निकै बलियो अवस्थामा पुगेका छन्। सन् २०१९ मा सी जिनपिङले उत्तर कोरिया भ्रमण...