प्रधानमन्त्रीप्रति हर्क साम्पाङको प्रश्न: “सरकारमा प्रधानमन्त्री छ कि छैन?

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगरेको विषय उठाउँदै सरकारको नेतृत्वप्रति प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिताबारे स्पष्टता माग गर्दै सरकारको कार्यशैलीमाथि टिप्पणी गरे। उनका अनुसार संसद्मा उठाइएका प्रश्नको जवाफ नदिनु जनताको प्रश्नलाई बेवास्ता गर्नु सरह हो।

साम्पाङले प्रधानमन्त्रीले सदनमा आएर सांसदका प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिँदै त्यसो नगर्नु नेतृत्वको कमजोरी हुने धारणा राखे।

उहाँले सीमा क्षेत्रमा भइरहेको गतिविधिबारे पनि प्रश्न उठाउँदै भारतले निर्माण कार्य गर्दा नेपाल सरकारसँग समन्वय भएको हो कि एकतर्फी रूपमा भएको हो भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताए।

सांसद साम्पाङले संसद् र सरकारबीचको संवाद कमजोर हुँदा लोकतान्त्रिक उत्तरदायित्वमै प्रश्न उठ्ने टिप्पणी पनि गरेका छन्।

तपाईको प्रतिक्रिया