कर्णालीमा कार्यान्वयन हुने योजनामै बजेट केन्द्रित गर्न सरोकारवालाको सुझाव

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट तयारीका सन्दर्भमा सरोकारवालासँग सुझाव संकलन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागीहरूले कार्यान्वयन हुन नसक्ने योजनामा बजेट विनियोजन नगर्न आग्रह गरेका हुन्। कार्यक्रममा वक्ताहरूले प्रदेशको पुँजीगत खर्च कमजोर रहेको उल्लेख गर्दै...

१३ देशका राजदूत समय अगावै फिर्ता गर्दा राज्यलाई १ करोड ५२ लाख बढी खर्च

काठमाडौं — सरकारले कार्यकाल पूरा हुनुअघि १३ देशका राजदूतलाई फिर्ता बोलाउँदा करिब एक करोड ५२ लाख रुपैयाँभन्दा बढी खर्च भएको देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार साउदी अरेबिया, कतार, चीन, मलेसिया, डेनमार्क, इजरायल, श्रीलंका, दक्षिण अफ्रिका, रुस, भारत, अष्ट्रेलिया, बेलायत र अमेरिका लगायत १३ मुलुकका राजदूतलाई समयअघि नै...

चन्द्रागिरीमा चक्कु प्रहार काण्ड, एक युवक मृत

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोट क्षेत्रमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका अन्दाजी २०–२५ वर्षीय जाकिर मन्सुरीको गएराति मृत्यु भएको हो। घटनामा संलग्न रहेको आरोपमा उनकै आफन्त पर्ने महोत्तरी घर भई हाल खरिबोट बस्दै आएका अन्दाजी ३८ वर्षीय समि अहमदलाई प्रहरीले...

संविधान संशोधनका विषयमा सुझाव दिन पूर्वप्रधानन्यायाधीश वा संविधानविद्को नेतृत्वमा छुट्टै आयोग गठन गर्नुपर्ने : अर्जुननरसिंह केसी

काठमाडौं । अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा सुझाव दिन पूर्वप्रधानन्यायाधीश वा संविधानविद्को नेतृत्वमा छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान संशोधनलाई व्यापक राष्ट्रिय बहसको विषय बनाउनुपर्ने धारणा राखे। केसीका अनुसार प्रस्तावित आयोगले संसदभित्र र बाहिर...

बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लामा सञ्चालन हुँदै आएका सबै सांगठनिक कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरेको छ। पार्टीले यसअघि वैशाख २७ गते बारा जिल्ला कमिटी विघटन गरेको थियो। त्यसपछि देखिएको संगठनात्मक अवस्थालाई व्यवस्थापन गर्न अस्थायी रूपमा कार्यक्रमहरू रोकिएको जनाइएको छ। बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरी...

विश्वासको मतअघि मधेश राजनीतिमा बढ्यो दबाब

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक राजनीतिक अन्योलका कारण प्रभावित बनेको छ। सत्तारूढ गठबन्धनभित्र देखिएको असन्तुष्टि र दलहरूबीच सहमति नजुट्दा बैठक निर्धारित समयमा सुरु हुन सकेन। मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाउनुभएको थियो। तर दिउँसोसम्म पनि बैठक...

लक्ष्यअनुसार भएन विकास खर्च, राजस्व संकलन पनि प्रभावित

लक्ष्यअनुसार भएन विकास खर्च, राजस्व संकलन पनि प्रभावित
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले कुल विनियोजित बजेटको करिब ६० प्रतिशत खर्च गरेको देखिएको छ। तर विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने अपेक्षाकृत निकै न्यून रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म सरकारबाट करिब ११ खर्ब ७३ अर्ब रुपैयाँ खर्च भएको छ। चालु आर्थिक वर्षका लागि...

वैदेशिक रोजगारी व्यवस्थापनमा सरकार सक्रिय, सात मुलुकसँग श्रम सम्झौताको तयारी

काठमाडौं । सरकारले वैदेशik रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउन सात नयाँ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी भइरहेको जानकारी दिनुभयो।...

बेइजिङमा ट्रम्प र सीबीच उच्चस्तरीय वार्ता

बेइजिङमा ट्रम्प र सीबीच उच्चस्तरीय वार्ता
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ। दुई शक्तिशाली राष्ट्रका नेताबीच भएको यो भेटलाई विश्व राजनीतिमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। भेटका क्रममा ट्रम्पले राष्ट्रपति सीसँगको सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीको नेतृत्वको...

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टले राजीनामा दिएको पुष्टि गरेका छन् । यसअघि सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको पृष्ठभूमिमा यो राजीनामा आएको...