“घर घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहानमा ‘शान स्टेशन’ सञ्चालन

लहान — लहान नगरपालिकाले शौचालय निर्माण, नियमित प्रयोग र सरसफाइसम्बन्धी व्यवहार परिवर्तनलाई प्राथमिकतामा राख्दै लहानका समुदाय, विद्यालय र हाटबजारमा ‘शान स्टेशन’ सञ्चालन गर्ने तयारी गरेको छ।

‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालन गरिने ‘शान स्टेशन’मार्फत समुदाय तथा विद्यालयमा पुगेर शौचालयको महत्व, यसको नियमित प्रयोग, शौचालयको सरसफाइ, साबुन–पानीको प्रयोग तथा व्यक्तिगत स्वच्छताबारे जनचेतना फैलाउने नगरपालिकाको योजना छ।

नगरपालिकाका अनुसार स्वच्छता अभियानलाई जनचेतनामूलक कार्यक्रममै सीमित नराखी नागरिकको दैनिक व्यवहारसँग जोड्ने उद्देश्यले ‘शान स्टेशन’को अवधारणा अघि सारिएको हो। विशेषगरी प्रत्येक घरमा शौचालय निर्माण गर्न प्रोत्साहित गर्ने, निर्माण भएका शौचालयको नियमित प्रयोग सुनिश्चित गर्ने र प्रयोगपछि त्यसलाई सफा राख्ने बानी विकास गराउने अभियानको लक्ष्य छ।

लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले ‘शान स्टेशन’को प्रारम्भिक परीक्षण गरिएको बताए। परीक्षणपछि स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा यसलाई विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

“शौचालय निर्माण गर्नु मात्रै पर्याप्त हुँदैन। यसको नियमित प्रयोग र सरसफाइ पनि उत्तिकै महत्वपूर्ण छ। समुदायको व्यवहारमै परिवर्तन ल्याउने उद्देश्यले ‘शान स्टेशन’लाई अभियानसँग जोडिएको हो,” चौधरीले भने।

स्वच्छता अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले युवाहरूलाई समेत अभियानमा परिचालन गरेको छ। ‘युथ च्याम्पियन’हरूलाई ‘शान स्टेशन’ सञ्चालन तथा स्वच्छता अभियानका विषयमा अभिमुखीकरण तालिम दिइएको नगरपालिकाले जनाएको छ।

युथ च्याम्पियनकै सहभागितामा ‘शान स्टेशन’को पाइलट प्रदर्शनसमेत गरिएको छ।

खेल र अन्तरक्रियामार्फत स्वच्छताको सन्देश

बाहिरबाट हेर्दा आकर्षक टेन्टजस्तो देखिने ‘शान स्टेशन’लाई समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र स्वच्छतासम्बन्धी सन्देश प्रवाह गर्ने माध्यमका रूपमा विकास गरिएको छ।

स्टेशनको बाहिरी भागमा हरियो पृष्ठभूमिमा सेतो अक्षरमा ‘शान स्टेशन’ लेखिएको छ। भित्र ‘घर–घरको शान, स्वच्छता अभियान’को लोगो तथा स्वच्छता अभियानको सामाजिक सञ्जालसँग जोडिने क्यूआर कोड राखिएको छ।

त्यहाँ सहभागीलाई लक्षित गरी हरियो र पहेँलो रंगको ‘ह्विल गेम’समेत राखिएको छ। स्टेशनमा परिचालित युथ च्याम्पियनले सहभागीलाई क्यूआर कोडमार्फत स्वच्छता अभियानको फेसबुक तथा टिकटक पेजमा जोडिने र त्यसपछि ह्विल गेममा सहभागी गराउनेछन्।

ह्विल घुमाउँदा सहभागीले साबुन, सेनिटाइजर, टूथपेस्टलगायत दैनिक प्रयोगमा आउने स्वच्छतासम्बन्धी सामग्री पुरस्कारका रूपमा प्राप्त गर्न सक्नेछन्।

तर खेलसँगै सहभागीलाई स्वच्छतासम्बन्धी जानकारी दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ। युथ च्याम्पियनहरूले शौचालयको नियमित प्रयोग, शौचालय सफा राख्ने तरिका, साबुन–पानीको प्रयोग, हात धुने अभ्यास तथा व्यक्तिगत स्वच्छतासम्बन्धी विषयमा सहभागीहरूसँग प्रश्नोत्तर र अन्तरक्रिया गर्नेछन्।

विद्यालयदेखि समुदायसम्म

नगरपालिकाले ‘शान स्टेशन’लाई विद्यालय र समुदाय दुवैमा सञ्चालन गर्ने तयारी गरेको छ।

विद्यालयमा विद्यार्थीलाई शौचालयको उचित प्रयोग, शौचालय सफा राख्ने बानी, साबुन–पानीले हात धुने अभ्यास तथा व्यक्तिगत स्वच्छताको महत्वबारे जानकारी दिइनेछ।

समुदायमा भने शौचालय निर्माण नभएका घरलाई शौचालय निर्माणका लागि प्रोत्साहित गर्ने तथा निर्माण भएका शौचालयको नियमित प्रयोग र सरसफाइमा जोड दिइनेछ।

नगरपालिकाले युवालाई अभियानसँग जोडेर उनीहरूमार्फत परिवार तथा समुदायसम्म स्वच्छताको सन्देश पुर्याउने रणनीति लिएको छ। कार्यक्रमका क्रममा सहभागीका प्रतिक्रिया तथा गतिविधिलाई आवश्यक अनुमति लिएर फोटो र भिडियोमार्फत अभिलेखसमेत गरिनेछ।

लहान नगरपालिकाले खुला दिसामुक्त अवस्थालाई दिगो बनाउने तथा स्वच्छतासम्बन्धी व्यवहार परिवर्तन गर्ने उद्देश्यले यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सरसफाइ अभियान, सडक नाटक तथा समुदायस्तरीय जनचेतनामूलक गतिविधिमार्फत शौचालयको प्रयोग र स्वच्छताको महत्वबारे जानकारी दिँदै आएको नगरपालिकाले जनाएको छ।

‘शान स्टेशन’लाई त्यसै अभियानको थप सिर्जनात्मक माध्यमका रूपमा अघि बढाइएको हो। नगरपालिकाले यसलाई स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै शौचालय निर्माणदेखि त्यसको नियमित प्रयोग, सरसफाइ र व्यक्तिगत स्वच्छतासम्मको व्यवहार परिवर्तनमा केन्द्रित गर्ने तयारी गरेको छ।

‘घर–घरको शान, स्वच्छता अभियान’मार्फत प्रत्येक घरमा सुरक्षित शौचालय निर्माण र प्रयोगको वातावरण बनाउँदै स्वच्छतालाई नागरिकको दैनिक व्यवहारसँग जोड्ने नगरपालिकाको लक्ष्य छ।लहान — लहान नगरपालिकाले शौचालय निर्माण, नियमित प्रयोग र सरसफाइसम्बन्धी व्यवहार परिवर्तनलाई प्राथमिकतामा राख्दै नगरका लहानका समुदाय, विद्यालय र हाटबजारमा ‘शान स्टेशन’ सञ्चालन गर्ने तयारी गरेको छ।

‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालन गरिने ‘शान स्टेशन’मार्फत समुदाय तथा विद्यालयमा पुगेर शौचालयको महत्व, यसको नियमित प्रयोग, शौचालयको सरसफाइ, साबुन–पानीको प्रयोग तथा व्यक्तिगत स्वच्छताबारे जनचेतना फैलाउने नगरपालिकाको योजना छ।

नगरपालिकाका अनुसार स्वच्छता अभियानलाई जनचेतनामूलक कार्यक्रममै सीमित नराखी नागरिकको दैनिक व्यवहारसँग जोड्ने उद्देश्यले ‘शान स्टेशन’को अवधारणा अघि सारिएको हो। विशेषगरी प्रत्येक घरमा शौचालय निर्माण गर्न प्रोत्साहित गर्ने, निर्माण भएका शौचालयको नियमित प्रयोग सुनिश्चित गर्ने र प्रयोगपछि त्यसलाई सफा राख्ने बानी विकास गराउने अभियानको लक्ष्य छ।

लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले ‘शान स्टेशन’को प्रारम्भिक परीक्षण गरिएको बताए। परीक्षणपछि स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा यसलाई विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

“शौचालय निर्माण गर्नु मात्रै पर्याप्त हुँदैन। यसको नियमित प्रयोग र सरसफाइ पनि उत्तिकै महत्वपूर्ण छ। समुदायको व्यवहारमै परिवर्तन ल्याउने उद्देश्यले ‘शान स्टेशन’लाई अभियानसँग जोडिएको हो,” चौधरीले भने।

स्वच्छता अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले युवाहरूलाई समेत अभियानमा परिचालन गरेको छ। ‘युथ च्याम्पियन’हरूलाई ‘शान स्टेशन’ सञ्चालन तथा स्वच्छता अभियानका विषयमा अभिमुखीकरण तालिम दिइएको नगरपालिकाले जनाएको छ।

युथ च्याम्पियनकै सहभागितामा ‘शान स्टेशन’को पाइलट प्रदर्शनसमेत गरिएको छ।

खेल र अन्तरक्रियामार्फत स्वच्छताको सन्देश

बाहिरबाट हेर्दा टेन्टजस्तो देखिने ‘शान स्टेशन’लाई समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र स्वच्छतासम्बन्धी सन्देश प्रवाह गर्ने माध्यमका रूपमा विकास गरिएको छ।

स्टेशनको बाहिरी भागमा हरियो पृष्ठभूमिमा सेतो अक्षरमा ‘शान स्टेशन’ लेखिएको छ। भित्र ‘घर–घरको शान, स्वच्छता अभियान’को लोगो तथा स्वच्छता अभियानको सामाजिक सञ्जालसँग जोडिने क्यूआर कोड राखिएको छ।

त्यहाँ सहभागीलाई लक्षित गरी हरियो र पहेँलो रंगको ‘ह्विल गेम’समेत राखिएको छ। स्टेशनमा परिचालित युथ च्याम्पियनले सहभागीलाई क्यूआर कोडमार्फत स्वच्छता अभियानको फेसबुक तथा टिकटक पेजमा जोडिने र त्यसपछि ह्विल गेममा सहभागी गराउनेछन्।

ह्विल घुमाउँदा सहभागीले साबुन, सेनिटाइजर, टूथपेस्टलगायत दैनिक प्रयोगमा आउने स्वच्छतासम्बन्धी सामग्री पुरस्कारका रूपमा प्राप्त गर्न सक्नेछन्।

तर खेलसँगै सहभागीलाई स्वच्छतासम्बन्धी जानकारी दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ। युथ च्याम्पियनहरूले शौचालयको नियमित प्रयोग, शौचालय सफा राख्ने तरिका, साबुन–पानीको प्रयोग, हात धुने अभ्यास तथा व्यक्तिगत स्वच्छतासम्बन्धी विषयमा सहभागीहरूसँग प्रश्नोत्तर र अन्तरक्रिया गर्नेछन्।

विद्यालयदेखि समुदायसम्म

नगरपालिकाले ‘शान स्टेशन’लाई विद्यालय र समुदाय दुवैमा सञ्चालन गर्ने तयारी गरेको छ।

विद्यालयमा विद्यार्थीलाई शौचालयको उचित प्रयोग, शौचालय सफा राख्ने बानी, साबुन–पानीले हात धुने अभ्यास तथा व्यक्तिगत स्वच्छताको महत्वबारे जानकारी दिइनेछ।

समुदायमा भने शौचालय निर्माण नभएका घरलाई शौचालय निर्माणका लागि प्रोत्साहित गर्ने तथा निर्माण भएका शौचालयको नियमित प्रयोग र सरसफाइमा जोड दिइनेछ।

नगरपालिकाले युवालाई अभियानसँग जोडेर उनीहरूमार्फत परिवार तथा समुदायसम्म स्वच्छताको सन्देश पुर्याउने रणनीति लिएको छ। कार्यक्रमका क्रममा सहभागीका प्रतिक्रिया तथा गतिविधिलाई आवश्यक अनुमति लिएर फोटो र भिडियोमार्फत अभिलेखसमेत गरिनेछ।

लहान नगरपालिकाले खुला दिसामुक्त अवस्थालाई दिगो बनाउने तथा स्वच्छतासम्बन्धी व्यवहार परिवर्तन गर्ने उद्देश्यले यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सरसफाइ अभियान, सडक नाटक तथा समुदायस्तरीय जनचेतनामूलक गतिविधिमार्फत शौचालयको प्रयोग र स्वच्छताको महत्वबारे जानकारी दिँदै आएको नगरपालिकाले जनाएको छ।

‘शान स्टेशन’लाई त्यसै अभियानको थप सिर्जनात्मक माध्यमका रूपमा अघि बढाइएको हो। नगरपालिकाले यसलाई स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै शौचालय निर्माणदेखि त्यसको नियमित प्रयोग, सरसफाइ र व्यक्तिगत स्वच्छतासम्मको व्यवहार परिवर्तनमा केन्द्रित गर्ने तयारी गरेको छ।

‘घर–घरको शान, स्वच्छता अभियान’मार्फत प्रत्येक घरमा सुरक्षित शौचालय निर्माण र प्रयोगको वातावरण बनाउँदै स्वच्छतालाई नागरिकको दैनिक व्यवहारसँग जोड्ने नगरपालिकाको लक्ष्य छ।

तपाईको प्रतिक्रिया