नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं — साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। कारोबारको अन्त्यमा नेप्से २ अंकले घटेर २,६४९.५१ विन्दुमा कायम भएको हो। कारोबारका क्रममा परिसूचक एक समय २,६५१.५२ विन्दुसम्म झरेको थियो। यद्यपि, बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस...

फिफा विश्वकप २०२६ : नकआउट चरणमा जापान र ब्राजिल आमनेसामने हुने

काठमाडौं — फिफा विश्वकप २०२६ को नकआउट चरणमा जापानले ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह चरणको नतिजापछि अन्तिम ३२ को खेलका केही समीकरण स्पष्ट भएका छन्। समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको ब्राजिलले समूह ‘एफ’ को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीचको खेल सोमबार राति १०:४५ बजे ह्युस्टन स्टेडियममा...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर ३६ मिनेटमा जुम्लाको टम्टी क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ। नेपाल...

सुनको मूल्यमा उल्लेख्य गिरावट, तोलामा ५ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो। महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। अघिल्लो कारोबार दिन बुधबार भने यही सुन प्रतितोला २...

सत्ता पक्षकै असन्तुष्टिले लुम्बिनी प्रदेश सभाको कामकारबाही प्रभावित

बुटवल । बजेटसम्बन्धी विषयमा सत्ता पक्षका केही सांसदहरूले असन्तुष्टि जनाएपछि लुम्बिनी प्रदेश सभाको बैठक फेरि प्रभावित भएको छ। बुधबारका लागि तय गरिएको बैठक सञ्चालन हुन नसकेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। यसअघि मंगलबारको बैठकमा पनि बजेटका विषयमा सत्ता पक्ष तथा प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका थिए। त्यसपछि सभामुखले...

सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह

चितवन — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सोमबार पर्यटकीय नगरी सौराहाको भ्रमण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री शाह परिवारसहित सौराहा पुगेका हुन्। सौराहामा उनले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरे। सो क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा...

बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासबाहिर राष्ट्रलाई सम्बोधन गर्दै स्टार्मरले पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनले लेबर पार्टीको ‘नेता’ पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् । स्टार्मरले आफ्नो कार्यकालभर गरेका हरेक निर्णय र कदम पहिलो प्राथमिकतामा राखेर लिएको बताएका...

ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध कडाइ, एकै दिन १० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिँदै पछिल्लो २४ घण्टामा २ हजार ७६ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा गरिएको कारबाहीबाट १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मादक पदार्थ सेवन...

रास्वपा महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था सुदृढ

काठमाडौं, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएसँगै चितवनमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ। महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु भएको हो र असार ९ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको जनाइएको छ। महाधिवेशनमा सहभागी हुन पार्टीका अध्यक्ष रवि लामिछानेसहित विभिन्न तहका नेता–कार्यकर्ता चितवन पुगिसकेका छन्। साथै, विभिन्न राजनीतिक...

हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं, — हुम्ला जिल्लामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा आएको भूकम्पको म्याग्निच्युड ४.१ मापन गरिएको हो। केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार भूकम्पको केन्द्रविन्दु हुम्लाको श्रीनगर आसपास क्षेत्र रहेको थियो। भूकम्पपछि तत्काल कुनै मानवीय वा भौतिक क्षतिको विवरण...