दोस्रो सुचारुपना सम्मेलन सम्पन्न : खानेपानी योजनाको दिगोपनाका लागि साझा प्रतिबद्धता

दोस्रो सुचारुपना सम्मेलन सम्पन्न : खानेपानी योजनाको दिगोपनाका लागि साझा प्रतिबद्धता
दैलेख, दुल्लु। दुल्लु नगरपालिकाले सुरु गरेको "खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन" को दोस्रो संस्करण सम्पन्न भएको छ। "दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी" भन्ने मूल नारासहित आयोजित सम्मेलनले खानेपानी योजनाको अवस्था, चुनौती र समाधानका विषयमा सामूहिक समीक्षा गर्दै आगामी वर्षका लागि साझा प्रतिबद्धता तय गरेको छ। दुल्लु नगरपालिका र दुल्लु खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा तथा हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र एभरेष्ट क्लब नेपालको सामाजिक सहजीकरणमा सम्पन्न सम्मेलनलाई तीन चरणमा सञ्चालन गरिएको थियो।पहिलो चरणमा खानेपानी योजनाको समग्र तथा वडागत अवस्था प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा सरोकारवालाबीच प्यानल छलफल सञ्चालन गरियो। तेस्रो चरणमा उत्कृष्ट कार्यसम्पादन गर्ने उपभोक्ता समितिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सम्मेलनमा नगरपालिकाभित्र सञ्चालित १०० वटा खानेपानी योजनाको अवस्था समीक्षा गरिएको थियो। १३ वटै वडाबाट वडास्तरीय बोर्ड समितिका प्रतिनिधिहरूले आफ्नो वडाका खानेपानी योजना, घरधुरी तथा धारा वितरण, सेवा अवस्था, समस्या, चुनौती र आवश्यकताबारे प्रस्तुति दिएका थिए।  दुल्लु खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक हिमाल आचार्यले खानेपानी योजनाको समग्र अवस्था तथा सुचारुपनासम्बन्धी तथ्याङ्क प्रस्तुत गरेका थिए ।  सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार दुल्लु नगरपालिकामा हाल १०० वटा खानेपानी योजना सञ्चालनमा रहेका छन्। तथ्यांक अनुसार ७०% योजना (७० वटा) राम्रो सञ्चालन अवस्थामा (७०% भन्दा माथि) छन् । २% योजना (२ वटा) मध्यम अवस्थामा (६०–७०%) छन् । २८% योजना (२८ वटा) कमजोर अवस्थामा (६०% भन्दा कम) अवस्थाका रहेका छन् । ती योजनामार्फत ३,६५८ वटा धाराबाट ४,७६० घरधुरीका २४ हजार ९४१ जना लाभान्वित भइरहेका छन्। NWASH MIS का आधारमा गरिएको सुचारुपना मूल्याङ्कनले केही योजनाले ९० प्रतिशतभन्दा बढी सुचारुपना कायम  गरेका छन् भने केही योजना ३१ प्रतिशत सम्मको अवस्थामा रहेको देखाएको छ।   हेल्भेटास नेपालका सुशासन विज्ञ अक्कल शाहले खानेपानी सेवाको सुधार, दिगोपना र साझेदारीको आवश्यकताबारे धारणा राख्दै हेल्भेटासले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। सम्मेलनमा दुल्लु नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १३ वटै वडाका वडाध्यक्ष, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, संघीय र प्रदेश सरकारका सरोकारवाला निकाय, विकास साझेदार संस्था तथा सबै खानेपानी योजनाका उपभोक्ता समितिका २ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो। सम्मेलनले पहिलो सुचारुपना सम्मेलनबाट जारी गरिएको साझा घोषणापत्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।  प्यानल छलफलमा समाधानमुखी प्रतिबद्धता दोस्रो चरणमा तथ्यांक, आयोजनाको अवस्थ र अबको योजनासहित प्यानल छलफल गरिएको थियो ।  प्यानल छलफलमा नगरप्रमुख भरतप्रसाद रिजालले सुचारुपना सम्मेलनले खानेपानी योजनाका वास्तविक अवस्था उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अब नगरपालिकाले सबै योजनालाई व्यवस्थित र दिगो बनाउने गरी काम गर्ने बताए। उनले NWASH MIS प्रणालीमा अझै समावेश हुन नसकेका मुहान, धारा तथा खानेपानी योजनालाई अभिलेखीकरण गरिने र आवश्यकता अनुसार नयाँ नीति तथा कार्यक्रम ल्याइने जानकारी दिए। नगरपालिकाको दीर्घकालीन लक्ष्य ‘एक घर-एक धारा’ रहेको उल्लेख गर्दै आगामी सुचारुपना सम्मेलनमा उक्त लक्ष्यतर्फ उल्लेखनीय प्रगति हासिल भएको घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे। दुल्लु खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भागवत हमालले सबै उपभोक्ता समिति र उपभोक्तासँग साझेदारी तथा साझा जवाफदेहिताका आधारमा काम गर्ने प्रतिबद्धता जनाउँदै सम्मेलनमार्फत प्राप्त सुझाव तथा समाधानका मागहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताए। प्रमुख प्रशासकीय अधिकृत पदम बुढाले जोखिममा रहेका खानेपानी योजनालाई सुचारु अवस्थामा ल्याउन नयाँ कार्यविधि र व्यवस्थापन प्रणाली अवलम्बन गरिने बताए। सामाजिक विकास समितिका सभापति लिलाराम लम्साल ले खानेपानी योजनाको नियमित अनुगमन र निगरानीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उपभोक्ता समितिका प्रतिनिधि मधु प्रसाद उपाध्यायले खानेपानी सेवा दिगो बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, नियमित मर्मतसम्भार र उपभोक्ताको उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा राखे। प्यानल छलफलको सहजीकरण पत्रकार गोविन्द खड्काले गरेका थिए । उत्कृष्ट समितिलाई नगदसहित सम्मान कार्यक्रममा ९० प्रतिशतभन्दा बढी सुचारुपना कायम राख्न सफल खानेपानी उपभोक्ता समितिहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। प्रथम हुने समितिलाई ४० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २५ हजार रुपैयाँ तथा चतुर्थलाई २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको दुल्लु खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ। दुल्लु नगरपालिकाले सुरु गरेको सुचारुपना सम्मेलन खानेपानी योजनाको नियमित समीक्षा, सार्वजनिक जवाफदेहिता र साझा प्रतिबद्धताको अभ्यासका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समिति र विकास साझेदार संस्थाहरूलाई एउटै मञ्चमा ल्याएर तथ्यका आधारमा समस्या पहिचान गर्ने, समाधानका उपाय तय गर्ने र आगामी वर्षका लागि स्पष्ट प्रतिबद्धता सार्वजनिक गर्ने यो अभ्यासले खानेपानी योजनाको दिगोपना सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सम्मेलनमा प्रस्तुत विश्लेषणले योजना सञ्चालन, नियमित मर्मतसम्भार, महसुल संकलन, संस्थागत व्यवस्थापन र उपभोक्ताको सहभागितामा सुधार भएका योजनाको सुचारुपना उच्च रहेको, जबकि प्राविधिक, व्यवस्थापकीय तथा वित्तीय कमजोरी भएका योजनामा कार्यसम्पादन कमजोर देखिएको थियो ।  ...

युएईका वैदेशिक व्यापारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता, व्यापार र लगानी विस्तारमा जोड

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–युएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। भेटवार्तामा व्यापार, लगानी, कृत्रिम बुद्धिमत्ता (एआई),...

निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ : पद्मा अर्याल

काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन्। उनले यस्ता निकायमा नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यतामा आधारित हुनुपर्नेमा जोड दिइन्। बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको नियुक्तिसम्बन्धी सुनुवाइका क्रममा बोल्दै अर्यालले निर्वाचन...

महोत्तरीमा ४८७ किलो गाँजासहित दुई पक्राउ, ट्रक र घरबाट ठूलो परिमाणमा बरामद

महोत्तरी । महोत्तरी प्रहरीले करिब ४८७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट प्राप्त सूचनाका आधारमा गरिएको थप अनुसन्धानमा ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय...

तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मंगलबारसम्म देशका विभिन्न प्रदेशमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागले विशेषगरी पहाडी तथा तराई क्षेत्रका केही स्थानमा उल्लेखनीय वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आइतबार कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने...

ट्राफिक नियममा नागरिकसँगै राज्य पनि उत्तरदायी हुनुपर्ने शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले ट्राफिक नियम उल्लङ्घनका विषयमा नागरिकमाथि मात्र कारबाही केन्द्रित गर्ने नीति पर्याप्त नभएको बताएका छन्। उनले राज्यका निकाय पनि आफ्ना कमजोरीप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने व्यवस्था कानुनमै समेट्नुपर्ने धारणा राखेका हुन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले ट्राफिक नियम उल्लङ्घन गर्ने नागरिकलाई...

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं — साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। कारोबारको अन्त्यमा नेप्से २ अंकले घटेर २,६४९.५१ विन्दुमा कायम भएको हो। कारोबारका क्रममा परिसूचक एक समय २,६५१.५२ विन्दुसम्म झरेको थियो। यद्यपि, बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस...

फिफा विश्वकप २०२६ : नकआउट चरणमा जापान र ब्राजिल आमनेसामने हुने

काठमाडौं — फिफा विश्वकप २०२६ को नकआउट चरणमा जापानले ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह चरणको नतिजापछि अन्तिम ३२ को खेलका केही समीकरण स्पष्ट भएका छन्। समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको ब्राजिलले समूह ‘एफ’ को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीचको खेल सोमबार राति १०:४५ बजे ह्युस्टन स्टेडियममा...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर ३६ मिनेटमा जुम्लाको टम्टी क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ। नेपाल...

सुनको मूल्यमा उल्लेख्य गिरावट, तोलामा ५ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो। महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। अघिल्लो कारोबार दिन बुधबार भने यही सुन प्रतितोला २...