प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति हर्क साम्पाङको असन्तुष्टि

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि गम्भीर असन्तुष्टि जनाएका छन् । शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले सरकारले विधि, प्रक्रिया र संवैधानिक मर्यादा मिचेर नियुक्तिका लागि सिफारिस गरेको आरोप लगाएका हुन् । संसदीय दलका नेता समेत रहेका साम्पाङले संसद्लाई बेवास्ता गर्दै र...

सार्वजनिक सवारी अब ‘स्मार्ट’ बन्दै, जिपिएस र सिसिटिभी अनिवार्य गर्ने तयारी

काठमाडौँ, वैशाख २५ गते । सार्वजनिक सवारीलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नयाँ निर्देशिका तयार गरिएको छ । यातायात व्यवस्था विभागले “सवारीसाधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित तथा यात्रुमैत्री बनाउने निर्देशिका, २०८२” को मस्यौदा सार्वजनिक गर्दै सुझाव आह्वान गरेको हो । मस्यौदाअनुसार अब सार्वजनिक सवारीमा सिसिटिभी क्यामरा र ग्लोबल पोजिसनिङ...

चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोशित कानुनी उपचार खोज्ने जगदीश खरेलको चेतावनी,

काठमाडौं, वैशाख २४ । पूर्वसञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रामक प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै पनि गल्ती नगरेको दाबी गरेका छन् । सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमसँग सम्बन्धित अर्बौं रकम हिनामिनाको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति संकेत गर्दै...

रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल जाने

काठमाडौँ, वैशाख २४ गते । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ लैजाने तय गरिएको छ । ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत निर्धारण गर्नुभएको हो । हाल ललितपुरको लगनखेलस्थित थटिटोलमा रहेको रथलाई निर्धारित साइतअनुसार सोही...

धादिङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङ जिल्लाको चराङ्गे फेदी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ बजेर १४ मिनेटमा ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू तथा काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । हालसम्म उक्त भूकम्पबाट...

ठगी र आपराधिक विश्वासघात आरोपमा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

काठमाडौं — स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई सोमबार काठमाडौंको खुर्सानीटार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार जोशीमाथि दूरसञ्चार सेवा सञ्चालनसँग सम्बन्धित सम्पत्ति र अधिकारको दुरुपयोग गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ। उनले २०७०...

भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने सरकारको निर्णय

काठमाडौं — सरकारले कृषि क्षेत्रका लागि आवश्यक रासायनिक मल आपूर्ति सहज बनाउन भारतसँग सरकार–सरकार (जिटुजी) प्रणालीमार्फत ८० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो। सरकारी जानकारी अनुसार उक्त परिमाणमध्ये ६० हजार मेट्रिक टन युरिया...

आगामी बजेट आशावादी हुने अर्थमन्त्री वाग्लेको संकेत, निजी क्षेत्रलाई विकासको केन्द्रमा राखिने

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट आशा जगाउने खालको हुने संकेत गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले बजेटमार्फत निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार बनाइने बताउनुभयो। उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै...

अमेरिकासँग तनाव कम गर्न इरानको नयाँ प्रस्ताव, कूटनीतिक पहल जारी

अमेरिकासँग तनाव कम गर्न इरानको नयाँ प्रस्ताव, कूटनीतिक पहल जारी
काठमाडौं — इरानले अमेरिकासँग जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित नयाँ कूटनीतिक प्रस्ताव अघि सारेको छ। सो प्रस्तावबारे इरानले एसिया र युरोपका विभिन्न देशसँग सक्रिय रूपमा छलफल अगाडि बढाएको जनाएको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समकक्षीसँग संवाद गर्दै सम्भावित युद्धविराम र समाधानका उपायबारे विचार आदानप्रदान गरिरहेका छन्। यस...

सेवाग्राहीसँग घुस असुलीको आरोपमा अदालत कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं — सेवाग्राहीसँग रकम लिएर काम सहजीकरण गर्ने प्रयास गरेको आरोपमा रौतहट जिल्ला अदालतका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि ती कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याएको जनाएको हो। आयोगका अनुसार सम्बन्धित कर्मचारीले जग्गा फुकुवा प्रक्रियामा सहयोग गर्ने बहानामा सेवाग्राहीसँग आर्थिक माग गरेका थिए। उजुरीपछि खटिएको...