लाइसेन्स स्वास्थ्य परीक्षण खुला गर्ने निर्णयमा सर्वोच्चको रोक, विभागले आदेश पालना गर्ने

काठमाडौं, — यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को स्वास्थ्य परीक्षण सम्बन्धी प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार नै सञ्चालन गरिने जनाएको छ। सर्वोच्च अदालतले स्वास्थ्य परीक्षण सेवा सबै चिकित्सक तथा क्लिनिकका लागि खुला गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विभागले अदालतको आदेश प्राप्त भएलगत्तै त्यसअनुसार...

साताको अन्तिम कारोबारमा नेप्से १७.९० अंकले उकालो, अधिकांश कम्पनीको मूल्य बढ्यो

काठमाडौं।साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि देखिएको छ। आज नेप्से १७.९० अंकले बढ्दै २,७३४.६३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। बजारमा सुधारसँगै कारोबार रकम पनि उल्लेख्य रहेको छ। आज ३५३ कम्पनीका करिब १ करोड ३७ लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब २६ करोड ७२...

काठमाडौंमा एक वर्षमा मिटरब्याजका २८७ उजुरी, ४८ मुद्दा अदालतमा

काठमाडौं। काठमाडौं जिल्लामा आर्थिक वर्ष २०८२/८३ अवधिमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी २८७ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ४८ वटा मुद्दाको अनुसन्धान पूरा गरी अदालतमा दायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले दिएको जानकारीअनुसार ५० वटा उजुरी मेलमिलापमार्फत टुंगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...

पाँच लाख रुपैयाँ घुससहित आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृत पक्राउ

सिरहा । आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पाँच लाख रुपैयाँ नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई घुस रकमसहित पक्राउ गरिएको पुष्टि गरेका छन्। प्रारम्भिक जानकारीअनुसार एक सुपरमार्केट कम्पनीको आर्थिक वर्ष २०७८/७९ को कर परीक्षण...

ठगी आरोपमा कलाकार नारद खतिवडा र पूर्वएसएसपी गोपाल गुरुङ पक्राउ

काठमाडौं । अध्यागमन विभागको नियन्त्रणमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर रकम असुलेको आरोपमा कलाकार नारद खतिवडा र सशस्त्र प्रहरी बलका पूर्वएसएसपी गोपाल गुरुङ पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुरका विक्रमबहादुर थापालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको...

घरजग्गा नभएका २९ सुकुम्वासी परिवारलाई स्थायी ठेगानाकै जिल्लामा व्यवस्थापन गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका विस्थापित सुकुम्वासीलाई उनीहरूको स्थायी ठेगाना रहेको जिल्लामै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि सम्बन्धित लाभग्राहीलाई आफ्ना गृहजिल्लाका स्थानीय तहसँग सम्पर्क गर्न आग्रह गरिएको छ। सरकारले गत वैशाख ११ गतेदेखि नदी किनारामा रहेका अव्यवस्थित बस्ती हटाउने अभियान सञ्चालन गर्दै पहिलो चरणमा विस्थापित...

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुनुका साथै सरकारका नियमित एजेन्डामाथि निर्णय हुने अपेक्षा गरिएको छ। ...

सुनको भाउ फेरि बढ्यो, प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला ५ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि मंगलबार यही...

सक्कली बिल लिने उपभोक्तालाई दैनिक नगद पुरस्कार, सरकारको ‘लखपति’ योजना सुरु

काठमाडौं ।सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालनमा ल्याएको छ। अभियानमार्फत नागरिकलाई सक्कली बिल लिन प्रोत्साहन गर्दै दैनिक र मासिक नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। योजनाअनुसार हरेक दिन एक जना नेपाली उपभोक्तालाई लखपति बनाइनेछ। त्यसैगरी, प्रत्येक महिनामा दुई जना विजेतालाई...

अमेरिकाद्वारा क्यानडाका केही आयातित वस्तुमा ५० प्रतिशत भन्सार घोषणा

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका भित्रिने केही वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त व्यवस्था आगामी ३० दिनभित्र कार्यान्वयनमा आउनेछ। ट्रम्पले अमेरिकी सवारीसाधन, दुग्धजन्य उत्पादन र मदिराप्रति क्यानडाले अपनाएको नीतिलाई असमान भएको आरोप लगाउँदै त्यसको प्रत्युत्तरस्वरूप नयाँ भन्सार नीति ल्याइएको बताएका छन्। नयाँ व्यवस्थाअनुसार...