बिजुलीको ‘सिजनल ट्यारिफ’बारे आज छलफल

काठमाडौं । सरकारले वर्षायाममा विद्युत्को महसुल घटाएर आन्तरिक खपत बढाउने तयारी अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने विषयमा गृहकार्य गरिरहेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। प्राधिकरणका सञ्चालक समिति सदस्य...

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बुधबार दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ। बैठकमा समसामयिक सरकारी विषयसँगै विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल हुने एक मन्त्रीले...

प्रधानमन्त्री बालेनसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं — प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी...

करार कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

करार कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो मातहतका निकायमा कार्यरत करार कर्मचारीहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै हाल करारमा कार्यरत कर्मचारीमध्ये फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण तत्काल पठाउन मातहतका सबै निकायलाई भनेको हो। मन्त्रालयका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

एनआरएनलाई अवैतानिक श्रमिक दूत बनाउन आग्रह

एनआरएनलाई अवैतानिक श्रमिक दूत बनाउन आग्रह
गोन्जाउ — विदेशमा रहेका नेपाली श्रमिकलाई समस्या पर्दा सहयोग गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिलाई सरकारले औपचारिक मान्यता दिँदै अवैतानिक श्रमिक दूतका रूपमा नियुक्त गर्न आग्रह गरिएको छ। चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले विदेशमा नेपालीलाई सहयोग...

बाढी र पहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। बाढी तथा पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा यातायात प्रभावित भएको हो। गएरातिदेखि परेको निरन्तर वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। त्यस्तै, मध्यपहाडी...

बागमती प्रदेशसभा बैठक भदौ १ गते, मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

बागमती प्रदेशसभा बैठक भदौ १ गते, मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालय हेटौँडाले शुक्रबार सूचना जारी गर्दै दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो। प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार बैठकमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची तय भएको छ। प्रदेशसभाको जारी आठौँ अधिवेशनअन्तर्गत हुने बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको...

व्यावसायिक संस्थालाई राजनीतिक स्वार्थबाट टाढा राख्न सभामुख अर्यालको आग्रह

काठमाडौं । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थालाई राजनीतिक गतिविधि र स्वार्थबाट अलग राखेर सम्बन्धित क्षेत्रको विकासमा केन्द्रित हुन आग्रह गरेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारणसभाको उद्घाटन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले पर्यटन व्यवसायको प्रवर्धन, क्षेत्रको विकास तथा व्यवसायीको हितमा केन्द्रित भएर...

कोलम्बियाको भूकम्पबाट भएको क्षतिप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट कोलम्बिया सरकार तथा...