अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले सम्मान गर्ने

काठमाडौं — सरकारले अन्तर्राष्ट्रिय भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। उनका अनुसार कुल २७...

ओमान क्रिकेटले विश्वकप खेलाडीलाई बाँकी पुरस्कार दिने, वितरण प्रक्रिया अगाडि बढ्ने

काठमाडौं – ओमान क्रिकेट बोर्डले २०२४ टी–२० विश्वकपमा सहभागी पुरुष खेलाडीहरूलाई बाँकी रहेको पुरस्कार राशि भुक्तानी गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा बोर्डले कुल २ लाख २५ हजार अमेरिकी डलर (झण्डै ३० करोड नेपाली रुपैयाँ) बराबरको राशि खेलाडी र सपोर्ट स्टाफलाई सन् २०२५ को जुलाई महिनासम्म वितरण गरिने...

बिली जिन किङ कपमा नेपालको लगातार दोस्रो जित, कतारमाथि ३–० को सानदार जित

काठमाडौँ, नेपालले बिली जिन किङ कप टेनिस प्रतियोगिता अन्तर्गत लगातार दोस्रो जित हात पारेको छ। समूह ‘बी’ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई सोझो ३–० ले पराजित गर्दै आफ्नो प्रदर्शनलाई अझ सुदृढ बनाएको हो। यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई २–१ ले हराउँदै विजयी शुरुआत गरेको थियो। खेल विवरण: ▪ पहिलो सिंगल्सनेपालकी शिभाली...

भिनिसियसमाथि जातीय अपमान गर्ने चार समर्थकलाई मड्रिड अदालतको जेल सजाय

काठमाडौं ।स्पेनको एक अदालतले रियल मड्रिडका खेलाडी भिनिसियस जुनियरमाथि जातीय तथा अपमानजनक व्यवहार गर्ने चार फुटबल समर्थकलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। ला लिगाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा उनीहरूलाई रंगभेदी व्यवहारमा संलग्न रहेको पुष्टि गर्दै अदालतको फैसलाबारे जानकारी दिएको हो। यी चार समर्थकले "मड्रिड हेट्स रियाल" लेखिएको ब्यानरसहित भिनिसियसको पुतला...

नेपाली क्रिकेट टोलीले आज खेल्दै आफ्नो १००औं टी-२० अन्तर्राष्ट्रिय खेल

काठमाडौं — नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औं टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) खेल खेल्दैछ। स्कटल्याण्डमा नेदरल्याण्ड्सविरुद्ध हुने यो खेल नेपालको टी-२०आई क्रिकेट इतिहासमा विशेष महत्व राख्दछ। सन् २०१४ मा आईसीसी टी-२० विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उत्रिएको नेपालले अहिलेसम्म ९९ वटा टी-२०आई खेलिसकेको छ। पहिलो टी-२०आई खेल हङकङविरुद्ध जितसँग सुरु गरेको नेपालले बंगलादेशसँग...

नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गरे डेब्यु

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यम गतिका बलर नन्दन यादवले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा डेब्यु गरेका छन्। यसै खेलमा टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए। नेपाली टोलीबाट ODI मा डेब्यु गर्ने नन्दन यादव ४२औँ खेलाडी बनेका छन्। यसअघि सञ्चालन...

युइएफए नेशन्स लिगको उपाधि पोर्चुगललाई, पेनाल्टी सुटआउटमा स्पेन पराजित

काठमाडौं — युइएफए नेशन्स लिग फुटबलको उपाधि पोर्चुगलले जितेको छ। आइतबार म्युनिखमा भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ को अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो। ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेलको...

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताप्रतियोगिता आयोजना हुने

काठमाडौं — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ। सोमबार आयोजक पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक क्रिकेट संघले प्रतियोगिताको जानकारी सार्वजनिक गरेका छन्। प्रतियोगिता भोलि मंगलबारदेखि असार २ गतेसम्म चल्नेछ। यसमा सिन्धुपाल्चोक जिल्लाका सात टोली सहभागी हुनेछन्। टोलीमा वाग्मती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरिसकेका र...

नेसन्स लिगको फाइनलमा आज भिड्दै स्पेन र पोर्चुगल

काठमाडौं । यूईएफए नेसन्स लिगको फाइनलमा आज साविक विजेता स्पेन र सन् २०१९ को च्याम्पियन पोर्चुगल भिड्दैछन्। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सेमिफाइनलमा बलियो टोली जर्मनीलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। साविक विजेता स्पेनले यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२१ को च्याम्पियन फ्रान्सलाई सेमिफाइनलमा ५–४ को...

जोर्डन र उज्बेकिस्तान पहिलोपटक फिफा विश्वकपमा छनोट

काठमाडौं। एसियाका दुई मुलुक जोर्डन र उज्बेकिस्तानले पहिलोपटक फिफा विश्वकपमा स्थान बनाएका छन्। बिहीबार सम्पन्न खेलमा विजयी हुँदै यी दुई टोलीले विश्वकपको टिकट सुनिश्चित गरेका हुन्। साथै, दक्षिण कोरियाले पनि आगामी विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। बिहीबारको खेलमा जोर्डनले ओमानलाई ३–० ले हराउँदै सहज जित हासिल गर्‍यो। उज्बेकिस्तानले युनाइटेड अरब...