विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्न्यास

काठमाडौं : भारतीय पूर्वकप्तान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले क्रिकेटको सबैभन्दा लामो फम्र्याटबाट सन्न्यासको घोषणा गरेका हुन्। रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएको केही दिनमा नै विराटले पनि सन्न्यासको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो सन्न्यासबारे जानकारी दिए। सन् २०११ मा टेष्ट क्रिकेटमा डेब्यु...

आइपिएल अनिश्चितकालका लागि स्थगित

नयाँदिल्ली, वैशाख २६ गते । भारतीय प्रिमियर लिग (आइपिएल) भारत र पाकिस्तान बीचको बढ्दो सीमा तनावका कारण अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार जानकारी दिएका छन्। धर्मशालामा बिहीबार भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले आइपिएलको आगामी खेल स्थगित गर्ने निर्णय लिएका हुन्। धर्मशाला जम्मू सहरबाट लगभग २०० किलोमिटरको दुरीमा स्थित...

भारतका पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाडौँ — भारतका पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। बुधबार साँझ ७ः३० बजे सामाजिक सञ्जालमार्फत उनले टेस्ट क्रिकेटबाट औपचारिक रूपमा विदा लिएको घोषणा गरे। एकदिवसीय र टी–२० क्रिकेटमा सफल कप्तान र खेलाडीको रूपमा चिनिएका रोहितले रातो बलको क्रिकेटमा भने त्यस्तो निरन्तरता कायम राख्न सकेनन्। करिब ११ वर्षको टेस्ट करियरमा उनले...

महिला टी–२० क्वालिफायरर्स: नेपाल समूह ‘सी’ मा, पहिलो खेल हङकङसँग

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप एसियन क्वालिफायर्सअन्तर्गत नेपालले पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको जानकारी अनुसार नेपाल समूह 'सी' अन्तर्गत प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा सञ्चालन हुनेछ। क्वालिफायरमा नेपाल, आयोजक थाइल्यान्डसहित यूएई, कुवेत, मलेसिया, भुटान, कतार, बहाराइन र...

फुन्सुक एन लामाले जिते गल्फ क्लासिकको उपाधि

काठमाडौं । गल्फ क्लासिकको उपाधि फुन्सुक एन लामाले जितेका छन् । गोकर्ण फरेस्ट रिजोर्टमा लामाले ४२ स्टेबल फोर्ड पोइन्ट जोड्दै लामा उपाधि हात पार्न सफल भएका हुन् । यससँगै उनले कोपेनहेगन, डेनमार्क भ्रमणको आकर्षक पुरस्कार पनि जितेका छन् । लामाको उत्कृष्ट प्रदर्शनमा पाँच बर्डी र एक इगल समावेश थियो । टाशी...

अष्ट्रेलियन मिचेल ओवेन पञ्जाब किङ्सबाट आइपीएल खेल्ने, म्याक्सवेलको स्थान लिने

काठमाडौं । पाकिस्तानी सुपर लिग (पीएसएल) खेलिरहेका अष्ट्रेलियन क्रिकेटर मिचेल ओवेनले पञ्जाब किङ्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने भएका छन्। अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल औँलामा चोट लागेर प्रतियोगिताबाट बाहिरिएपछि पञ्जाब किङ्सले उनको स्थानमा ओवेनलाई टोलीमा समावेश गरेको हो। २३ वर्षीय ओवेन हाल पीएसएल अन्तर्गत पेशावर जाल्मी टिमबाट खेलिरहेका छन्। उनी १८ मेसम्म...

बार्सिलोनाका फुलब्याक जुलेस काउन्डे घाइते, ३ हप्तासम्म आराम गर्नुपर्ने सम्भावना

काठमाडौं । बार्सिलोनाका फुलब्याक जुलेस काउन्डे गम्भीर चोटको शिकार भएका छन्। लिगको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँगको खेल खेल्दा उनले चोटको अनुभव गरेका थिए। बिहीबार स्वास्थ्य परीक्षण गर्दा काउन्डेको बाँया खुट्टामा गम्भीर चोट लागेको पत्ता लागेको बार्सिलोनाले जानकारी दिएको छ। बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ, “आज बिहान गरिएको स्वास्थ्य परीक्षणमा जुलेस काउन्डेको...

पञ्जाबसँगको हारले चेन्नईको प्लेअफ यात्रा सकियो

काठमाडौं, — पञ्जाब किङ्ससँग ४ विकेटको हारसँगै चेन्नई सुपर किङ्सको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ। बुधबार एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्दै महत्वपूर्ण जित दर्ता गर्‍यो। पञ्जाबका कप्तान श्रेयस ऐय्यरले उत्कृष्ट ७२...

आर्सनलविरुद्ध पीएसजीको १-० को जित, डेम्बेले बने निर्णायक

काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १–० ले हराउँदै जित निकालेको छ। मंगलबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा पीएसजीले महत्वपूर्ण जित हात पारेको हो। पीएसजीलाई जित दिलाउन फ्रान्सका विंगर ओस्मान डेम्बेलेले गरेको गोल निर्णायक बन्यो। डेम्बेलेले...

१४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतक, राजस्थानको शानदार जित

काठमाडौं, वैशाख १६ — १४ वर्षीय युवा क्रिकेटर वैभव सूर्यवंशीले आइपिएल २०२५ मा कीर्तिमानी शतक प्रहार गर्दै चर्चामा आएका छन्। सोमबार राति सम्पन्न खेलमा सूर्यवंशीको ऐतिहासिक प्रदर्शनको मद्दतले राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो। राजस्थानले प्रस्तुत २१० रनको विशाल लक्ष्य १५.५ ओभरमै २ विकेट गुमाएर सहजै पार गर्‍यो।...