नेसन्स लिगको फाइनलमा आज भिड्दै स्पेन र पोर्चुगल

काठमाडौं । यूईएफए नेसन्स लिगको फाइनलमा आज साविक विजेता स्पेन र सन् २०१९ को च्याम्पियन पोर्चुगल भिड्दैछन्।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सेमिफाइनलमा बलियो टोली जर्मनीलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

साविक विजेता स्पेनले यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२१ को च्याम्पियन फ्रान्सलाई सेमिफाइनलमा ५–४ को रोमाञ्चक जितमा हराएको थियो।

फाइनल खेल जर्मनीको एलियन्ज रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

यसै दिन तेस्रो स्थानको खेलमा जर्मनी र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ।

तपाईको प्रतिक्रिया