प्रतिनिधि सभाको मंगलबारको बैठक केही समयमै स्थगित

काठमाडौं — प्रतिनिधि सभाको मंगलबारको बैठक केही समयमै स्थगित गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू निलो रङको खादा (स्कार्फ) लगाएर संसद बैठकमा सहभागी भएपछि सत्तारूढ नेपाली कांग्रेसले आपत्ति जनाउँदै नियम विपरीतको व्यवहार भएको दाबी गरेपछि बैठक स्थगन गरिएको हो। रास्वपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसदमा निरन्तर विरोध...

प्रचण्ड भन्छन् : “भिजिट भिसा’को समस्या नयाँ होइन, २०६४ देखि देखिंदै आएको हो”

चितवन, शिवनगर — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’सम्बन्धी समस्या अहिले मात्रै उत्पन्न भएको होइन भनी स्पष्ट पारेका छन्। प्रेस सेन्टर चितवनले मङ्गलवार प्रचण्ड निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त समस्या पहिलो पटक हाल देखिएको नभई, २०६४ सालदेखि नै उठिरहेको बताएका हुन्। “यो समस्या २०६४ सालदेखि...

युवालाई स्वदेशमै रोजगारीका अवसर दिइनुपर्ने सांसद खतिवडाको माग

काठमाडौं — सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद भीम खतिवडाले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरिनुपर्ने बताएका छन्। उनले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने समेत जोड दिएका छन्। विदेशी मुद्राको सटही कारोबार ५ हजार रुपैयाँसम्म गर्न सकिने व्यवस्था राम्रो भएको बताए भने भारतीय नागरिकलाई...

सूचना प्रविधि विकासका लागि तीन तह सरकारबीच सहकार्य अनिवार्य : मन्त्री गुरुङ

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा विकासका लागि केन्द्रीय, प्रदेश र स्थानीय तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले डिजिटल प्रविधिको विकास स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा जोड दिँदै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा आइटी दिवसलाई उत्सवको...

नजिकका विद्यालय गाभेर होस्टेलको व्यवस्था गर्नुपर्छ : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले छरिएर रहेका सरकारी विद्यालयलाई गाभी (मर्ज गरी) होस्टेलको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। आइतबार (असार १ गते) प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. महतले विद्यार्थीको संख्या घट्दै गएको अवस्थामा छेउछाउका विद्यालय गाभ्नेबाहेक विकल्प नरहेको बताए। “विद्यार्थी घटिरहेका छन्, नजिकका विद्यालयहरू मर्ज गर्नुको विकल्प...

निष्पक्षता कायम गर्न लोकसेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगले निष्पक्षता कायम राख्ने विषयमा जनविश्वास अत्यन्त प्रबल रहेको बताएका छन्। आयोगको हिरक जयन्तीको अवसरमा आज आयोजित कार्यक्रममा उनले योग्यता, निष्पक्षता र स्वच्छता कायम गर्दै निजामती सेवा, सुरक्षा निकाय लगायत विभिन्न संस्थामा पदपूर्ति गर्न आयोगले गरेको योगदानको प्रशंसा गरे। प्रधानमन्त्री ओलीले भने, “नेपाल र...

प्रचण्डको चेतावनी: जनअसन्तुष्टिको आधारमा निरंकुशता फर्काउने प्रयास हुँदैछ

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा देशमा असन्तुष्टि बढिरहेको बताएका छन्। उनले जनताको यही असन्तुष्टिलाई आधार बनाएर केही तत्त्वहरू देशलाई फेरि निरंकुशतातर्फ फर्काउने प्रयासमा रहेको चेतावनी दिएका छन्। मुस्ताङ भ्रमणका क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत भुरुङ–तातोपानी, रुप्से...

सत्ता–प्रतिपक्षीबीच भिजिट भिसा प्रकरणमा छलफल

काठमाडौं — भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको मागसँगै प्रतिनिधि सभा लगातार अवरुद्ध भइरहेका बेला सदनको गतिरोध अन्त्य गर्न सत्ता र प्रतिपक्षी दलहरूबीच बुधबार छलफल भएको छ। संघीय संसद भवन, नयाँ बानेश्वरस्थित शंकर हलमा दिउँसो सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको हो। छलफलका विषयमध्ये प्रमुख रुपमा भिजिट भिसा...

विद्यार्थीले आफ्नो रुचीअनुसार विषय रोज्न पाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूले आफ्नो रुची र प्रतिभा अनुसार विषय छनौट गर्न पाउनुपर्ने आवश्यकता रेखाङ्कित गरेका छन्। मंगलबार राजर्षी जनक विश्वविद्यालयको दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले भने, "विद्यार्थीले चाहेको विषय पढ्न पाउँदा मात्र उनीहरू आफ्नो क्षमता पूर्णरूपमा विकास गर्न सक्छन्। अन्यथा ज्ञान अर्जनमा अवरोध आउन सक्छ।" प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई आफ्नो...

प्रचण्डले माधव नेपाल र विप्लवसँग पार्टी एकताको छलफल भइरहेको :अध्यक्ष दाहाल

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि माधव कुमार नेपाल र विप्लव नेतृत्वको गुटसँग छलफल चलिरहेको बताएका छन्। मंगलबार काठमाडौंको खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा उनले यो जानकारी सार्वजनिक गरे। प्रचण्डले नेकपा (एकीकृत समाजवादी) र नेकपा (विप्लवी) सँग एकताको प्रक्रिया अगाडि बढिरहेको बताउँदै आगामी निर्वाचनमा माओवादीलाई...