राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित, संसदमा छिटो पेश हुने

काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्ने विधेयक मंगलबार पारित गरेको छ। समितिको लामो बैठकपछि सर्वसहमतिबाट यो विधेयक पारित भएको हो। समितिका सभापति रामहरि खतिवडाले विधेयक पारित गर्न सहयोग पुर्याएका सांसदहरूलाई धन्यवाद जनाएका छन्। उनले यो विधेयक छिट्टै संसदमा पेश गरिने पनि...

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छ: मन्त्री राई

काठमाडौं — रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थिति अनुसार संशोधन गर्न सकिने बताएका छन्। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो जानकारी गराएका हुन्। गैरआवासीय नेपाली र ब्रिटिस गोरखामा भर्ती भएका व्यक्तिहरूको समस्या समाधानमा सरकारले गम्भीरता देखाएको उनले बताए। संविधानका कतिपय जटिल पक्षहरूलाई आवश्यकतानुसार संशोधन गर्दै जानुपर्ने विषय...

रास्वपासँग सहमति हुन सकेन, माओवादी भने सकारात्मक

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन गर्नुपर्ने आफ्नो अडान अडिग राखेको छ। नेपाली कांग्रेससँगको छलफलमा पनि रास्वपाले छानबिन समितिको माग यथावत राखेको छ भने, एक कांग्रेस नेताले जानकारी दिएका छन्। त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) भने यस विषयमा सकारात्मक देखिएको छ। स्रोतका अनुसार,...

कांग्रेस-माओवादीको बैठकमा सदन खुलाउने ‘मध्यमार्गी उपाय’बारे छलफल

काठमाडौं । संसद खुलाउने विषयमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सहमति नजिक पुगेको छ। संघीय संसद भवनको शंकर हलमा दुई दलका शीर्ष नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको जानकारी नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दिएका छन्। उनका अनुसार संसद खुलाउने विषयमा लिखित सहमति गर्नका लागि छलफलहरू भइरहेको छन्। "लिखित...

अहिलेको विषय रवि लामिछानेको मुद्दाजस्तो होइन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसद् सञ्चालन गर्न माओवादी केन्द्रलाई आग्रह गरेका छन्। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले संसद् चलाउने वा नचलाउने निर्णय नेकपा (माओवादी केन्द्र)कै हातमा रहेको बताए। संसदीय प्रणालीमा आइसकेपछि नियमअनुसार संसद् सञ्चालन हुनु पर्ने उनको भनाइ छ। उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन...

प्रधानमन्त्री ओलीको चेतावनी : गुटगत प्रवृत्ति त्याग्नुस्, नत्र एकीकृत समाजवादीको जस्तो हालत हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई गुटगत प्रवृत्ति त्याग्न कडा निर्देशन दिएका छन्। कीर्तिपुरमा जारी अनेरास्ववियुको महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले गुटको राजनीति पार्टीको विघटनतर्फ जान सक्ने चेतावनी दिए। "सकेसम्म सबै मिलेर अघि बढ्नुस्," प्रधानमन्त्री ओलीले भने, "यदि त्यो सम्भव छैन भने पनि मित्रवत् प्रतिस्पर्धा गर्नुस्। गुट बनाएर...

छानबिनको विश्वासिलो वातावरण बने संसद् खुल्ने सम्भावना : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोध हटाउन गृहमन्त्रीको राजीनामा अनिवार्य शर्त नभएको संकेत दिएका छन्। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन प्रक्रिया विश्वासिलो बने संसद् सञ्चालन सम्भव हुने धारणा राखे। ‘हामी प्रतिपक्षी दलहरू छलफलमा बस्यौँ,’ प्रचण्डले भने,...

गृहमन्त्रीमाथि उठेको प्रश्नमा राजनीतिक हस्तक्षेप अनुचित, अख्तियारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रमेश लेखकसम्बन्धी प्रकरणमा राजनीतिक हस्तक्षेप गर्नु उपयुक्त नहुने बताएका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले कानुनी प्रक्रिया स्वतन्त्र रूपमा अघि बढ्न दिनु लोकतन्त्रको मूल आधार भएको...

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने : सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्। शुक्रबार जनकपुरधामस्थित कांग्रेसको मधेश प्रदेश कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आलोपालो सरकार बनाउने सहमति अनुसार अब कांग्रेसको पालो आएको बताएका हुन्। ‘सत्तासाझेदार दलहरूसँग चाँडै छलफल हुनेछ,’ देउवाले भने, ‘अब कांग्रेस नेतृत्वमा मधेश प्रदेश सरकार...

एमालेलाई गाली नगरी माओवादी र रास्वपाको राजनीति चल्दैन :नेकपा (एमाले) का उपमहासचिव ज्ञवालीको आरोप

भक्तपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय एमालेविरुद्ध विभिन्न दलहरू मिलेर संगठित रुपमा आक्रमण गरिरहेको आरोप लगाएका छन्। शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशस्तरीय कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राजावादी धारका समूहहरू एमालेको आलोचना नगरी आफ्नो अस्तित्व जोगाउन नसक्ने स्थितिमा पुगेको...