सरकार किन चुप? — सांसद साहको प्रश्न, मन्त्री गुप्ताको बर्खास्तीको माग

फाइल तस्वीर काठमाडौं — नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्ती माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घुस डिलसम्बन्धी अडियो सार्वजनिक...

सभामुखको आलोचना गर्दै लिङदेन : यो संसदीय इतिहासकै कालो समय हो

फाइल तस्बिर काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दुई प्रमुख प्रतिपक्षी दलहरूको लगातार विरोधका बाबजुद सदन चलाइरहेकोमा सभामुख देवराज घिमिरेलाई कडा आलोचना गरेका छन्। उनले यसलाई संसदीय इतिहासकै कालो समयको रूपमा उल्लेख गरेका छन्। आज संसद बैठकको सुरुवातमा वक्तव्य दिने क्रममा लिङ्देनले भिजिट भिसा विवादमा राप्रपा र रास्वपाले जारी राखेको...

अप्राकृतिक गठबन्धनको चरित्र लोकले लाज मान्ने गरी खुलेको छ : प्रचण्ड

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाको इशारामा चलेको गम्भीर आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै उनले सरकार सुशासनको पतनतर्फ उन्मुख भएको र लोकतन्त्रका लागि खतरनाक संकेत देखिएको बताए। प्रचण्डले धितोपत्र बोर्ड, भुटानी शरणार्थी प्रकरण, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफियाको...

प्रधानमन्त्री ओलीको सुझाव: “२० वर्षपछि विवाह, ३० भित्र तीन सन्तान”

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको गतिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि आवश्यक भएको बताउँदै नागरिकलाई २० वर्षपछि विवाह गर्न र ३० वर्ष पुग्दासम्म तीन सन्तान पाइसक्न सुझाव दिएका छन्। विश्व जनसङ्ख्या दिवस–२०८२ को अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “जनसङ्ख्या बिना देश हुँदैन, मानव जातिको...

माधव नेपाल र वामदेव गौतम एउटै पार्टीमा, साउन २ मा एकता घोषणा!

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आगामी साउन २ गते पार्टी एकता घोषणा गर्ने भएका हुन्। दुवै पार्टीबीचको छलफलमा राजनीतिक दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा समानता...

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे भ्रामक प्रचार नगर्न परराष्ट्रको आग्रह

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँग सम्बन्धित केही समाचारप्रति आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका सम्बन्धमा सार्वजनिक भएका कतिपय विवरण तथ्यहीन भएको स्पष्ट पारेको...

बैंकर र व्यवसायी छुट्याउने हो भने तीन वर्षको कुलिङ पिरियड अनिवार्य गरौं : सांसद गौतम

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंकर र व्यवसायीबीचको सम्बन्ध स्पष्ट पार्न तीन वर्षको अनिवार्य कुलिङ पिरियड राख्नुपर्ने सुझाव दिएकी छन्। बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक माथि भएको छलफलमा बोल्दै सांसद गौतमले राज्यले कुनै पनि कानुनी व्यवस्था गर्दा उद्योग–व्यवसायीको सम्पत्तिमा क्षति नहोस् भन्ने व्यवहारिक...

लुम्बिनी कांग्रेस महामन्त्री विक्रम खनाल एक वर्षका लागि पार्टीबाट निस्कासित

काठमाडौं, – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। अनुशासन समितिका संयोजक आनंदप्रसाद ढुंगानाको नेतृत्वमा असार १७ गते बसेको बैठकको निर्णयअनुसार खनालमाथि अनुशासन उल्लङ्घनको आरोपमा कारबाही गरिएको हो। समितिले उक्त निर्णयको जानकारी लुम्बिनी कांग्रेस कार्यसमितिमा आज पठाएको छ। २०७९...

अब खेलाडीहरू खेलबाटै जीविकोपार्जन गर्न सक्ने अवस्थामा पुगेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले खेलकुद क्षेत्रमा आवश्यक ध्यान दिएको दाबी गर्दै अब नेपाली खेलाडीहरू खेलमार्फतै जीविकोपार्जन गर्न सक्ने अवस्थामा पुगेको बताएका छन्। बुधबार आयोजित एक कार्यक्रममा, जहाँ विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो, प्रधानमन्त्री ओलीले विगतमा खेलमै पूर्णरूपमा समर्पित हुन कठिन...

राप्रपामा लावती प्रवक्ताबाट बाहिरिए

काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट हटाइएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरेका हुन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार लावतीलाई पार्टी गतिविधिमा सक्रिय नदेखिएको भन्दै प्रवक्ताबाट हटाइएको हो। राप्रपाका एक नेताले बताएअनुसार, लावती पार्टीको साझा हित र एकताविरुद्ध क्रियाशील भएका कारण यो निर्णय...