ओलीको अहंकारले कम्युनिस्ट आन्दोलन संकटमा : अध्यक्ष माधव नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार र स्वेच्छाचारी व्यवहारका कारण देशको कम्युनिस्ट आन्दोलन संकटमा परेको टिप्पणी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेभित्र देखिएको राजनीतिक प्रदर्शनलाई ‘नाटक’को संज्ञा दिँदै त्यसले समग्र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाइरहेको बताए।

उनले भने, “एमालेमा अहिले देखिएको नाटकले नेपालमा चलेको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने खतरा देखिएको छ, र यसमा अध्यक्ष ओलीको मुख्य भूमिका छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय हुन रोक्ने प्रयासप्रति असन्तुष्टि जनाउँदै उनले त्यसलाई पनि ‘नाटक’को रुपमा वर्णन गरे। उनले निषेधात्मक राजनीति प्रगतिशील आन्दोलनका लागि घातक हुने धारणा राखे।

नेपालले संविधान तथा कानुनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिक रूपमा सक्रिय हुन नरोकेको पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको आलोचना गर्दै उनले भने, “जबसम्म ओली सरकारलाई विदा गरिँदैन, तबसम्म देशले वास्तविक राहत पाउने छैन।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको आलोचना गर्दै उनले भने, “जबसम्म ओली सरकारलाई बिदाइ गरिँदैन, तबसम्म देशले वास्तविक राहत पाउँदैन।

तपाईको प्रतिक्रिया