जसपा नेपालले लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ।

जसपा नेपालका महासचिव सुरेन्द्रकुमार झाले पार्टीको निर्णयअनुसार मुख्यमन्त्री आचार्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिएका हुन्।

समर्थन फिर्तासँगै जसपा नेपालले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना लुम्बिनी प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको छ।

महासचिव झाले प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेसहित पार्टीका प्रदेशसभा सदस्यहरूलाई पठाएको पत्रमा विश्वासको मतसम्बन्धी मतदानमा पार्टीको निर्णयअनुसार अघि बढ्न निर्देशन दिइएको उल्लेख छ।

जसपा नेपालको पछिल्लो निर्णयसँगै लुम्बिनी प्रदेश सरकारको राजनीतिक समीकरणमा थप प्रभाव पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया