मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बुधबार दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।

बैठकमा समसामयिक सरकारी विषयसँगै विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया