सरकारले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस, अध्ययनमा प्रक्रिया जारी

काठमाडौं ।सरकारले दुई महत्वपूर्ण अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संवैधानिक परिषदसँग सम्बन्धित तथा सहकारी क्षेत्रसँग जोडिएका अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार ती अध्यादेशहरू जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा प्रस्ताव पठाइएको स्रोतले जनाएको छ। नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने...

नीतिगत सुधारमार्फत रूपान्तरणको प्रतिबद्धता

काठमाडौँ, । लाइसेन्स, ठेक्का र नियमनमार्फत हुने असुलीधन्दा विगतमा राज्य बजार सम्बन्धको विशेषता बन्दा अर्थतन्त्र पहुँचवालाको नियन्त्रणमा पुगेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३’ ले सक्षम उद्यमी र नयाँ प्रवेशकर्तालाई निरुत्साहित गरेर अर्थतन्त्र पहुँचमा आधारित संचरनातर्फ उन्मुख गराएको उल्लेख गरेको छ...

साउदीमा आप्रवासीमाथि कडाइ : १०६ नेपालीसहित हजारौँ कारबाहीमा

काठमाडौं ।साउदी अरबमा बसोबास, श्रम र सीमा सुरक्षा सम्बन्धी नियमको कडाइका साथ कार्यान्वयन गर्ने क्रममा पछिल्लो एक सातामा व्यापक कारबाही गरिएको छ। अप्रिल १६ देखि २२ सम्म सञ्चालन गरिएको संयुक्त अभियानका क्रममा १०६ नेपालीसहित हजारौँ आप्रवासी कामदार विभिन्न आरोपमा कारबाहीमा परेका छन् भने १७ हजारभन्दा बढीलाई देश निकाला गरिएको सम्बन्धित...

“स्थिर सरकारसँगै विकास योजनाले गति लिनेछ: सांसद. जगदीश खरेल”

काठमाडौँ, १४ वैशाखlस्थिर राजनीतिक वातावरण कायम भएपछि मुलुकको विकास निर्माणका कार्यहरूले अपेक्षित गति लिने विश्वास व्यक्त गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माननीय जगदीश खरेलले विगतमा सरकार बारम्बार परिवर्तन हुँदा विकासका दीर्घकालीन योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रद्वारा...

रुकुमपूर्वमा भारी वर्षाको असर: मध्यपहाडी लोकमार्ग बन्द, यात्रा जोखिमपूर्ण

रुकुमपूर्व — शनिबार साँझ परेको लगातार वर्षाका कारण रुकुमपूर्वमा पर्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भारी वर्षासँगै विभिन्न स्थानमा लेदोसहितको पहिरो जाँदा मुख्य सडक पूर्ण रूपमा बन्द भएको हो। ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार लोकमार्गका दर्जनौँ स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको छ। साथै अन्य...

आर्थिक छानविनपछि एन्फा पदाधिकारीमाथि कारबाही, विदेश जान नपाउने अवस्था

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जना पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ, जसका कारण उनीहरूको विदेश यात्रा तत्कालका लागि रोकिएको छ। अध्यागमन विभागका अनुसार सम्बन्धित निकायबाट प्राप्त सिफारिसका आधारमा ती पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा समावेश गरिएको हो। उक्त निर्णयपछि उनीहरूले विदेश यात्रा गर्न नपाउने भएका छन्। एन्फासँग...

इरानी टोली फर्किएपछि अमेरिकी वार्ता टोलीको इस्लामाबाद भ्रमण अन्तिम समयमा रद्द

काठमाडौं — अमेरिका र इरानबीच सम्भावित कूटनीतिक संवादलाई लिएर नयाँ परिस्थिति सिर्जना भएको छ। इरानी प्रतिनिधिमण्डल पाकिस्तानबाट फर्किएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामाबादका लागि तय गरिएको अमेरिकी वार्ता टोलीको भ्रमण अन्तिम समयमा रद्द गरेका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने तयारीमा थियो। तर अन्तिम क्षणमा निर्णय परिवर्तन गर्दै ट्रम्पले आफ्ना...

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी) ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा हुने !

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी) ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा हुने !
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी) ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा हुने भएको छ । सर्लाहीको लालबन्दी नगरपालिकाले वडा नं. ३ लाई विश्वकै पहिलो ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा गरेर सामाजिक रूपान्तरणको क्षेत्रमा ऐतिहासिक सन्देश दिन लागेको सर्लाहीमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो । महिनावारीलाई मानव अधिकार, सामाजिक...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी) ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा भएको छ । सर्लाहीको लालबन्दी नगरपालिकाले वडा नं. ३ लाई विश्वकै पहिलो ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा गरेर सामाजिक रूपान्तरणको क्षेत्रमा ऐतिहासिक सन्देश दिएको छ । महिनावारीलाई मानव अधिकार, सामाजिक न्याय र मर्यादाको रूपमा स्थापित गर्दै बिहीबार...

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण: दुई चिकित्सक थप पक्राउ, मृत्युपछि आक्रोश

बुटवल । असुरक्षित गर्भपतन गराएको आरोपमा प्रहरीले दुई जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ। पाल्पाकी गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएपछि आफन्तले दिएको उजुरीका आधारमा डा. डिबी खत्री र डा. सतिस रूपाखेतीलाई पक्राउ गरिएको हो। यसअघि नै उक्त प्रकरणमा खगेन्द्रप्रसाद पाण्डे, सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। करिब १२...