२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

काठमाडौँ ।बैशाख १८, विश्वमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ, भन्ने ज्ञानका प्रर्वतक गौतम बुद्धको जन्म जयन्ती अर्थात आज बुद्ध पूर्णिमा आज बैशाख १८ गते देशभर मनाइदै छ । आज २५७० औँ बुद्ध जयन्तीका दिन सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।विश्वभर शान्ति स्थापनाका लागी...

सुन–चाँदी दुवैको मूल्य बढ्यो,सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार १ सय

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन घटेको सुनको मूल्य आज भने उच्च दरले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा यो मूल्य प्रतितोला ३ हजार...

राष्ट्रपतिद्वारा सहकारी (पहिलो संशोधन) अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालय ले जनाएको छ। संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्। यसअघि सरकारले संवैधानिक परिषद, सहकारी, विश्वविद्यालय लगायतका विषयसँग सम्बन्धित कुल...

रोल्पामा तीर्थयात्री बोकेको जीप भीरबाट खस्यो, १५ जनाको अवस्था गम्भीर

काठमाडौं। रोल्पा जिल्लामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्, जसमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रहरीका अनुसार रुकुम पूर्वबाट वैशाख पूर्णिमा जात्रा मा सहभागी हुन जाँदै गरेका यात्रु बोकेको जीप थबाङ गाउँपालिका–१, जलजला क्षेत्रमा दुर्घटनामा परेको हो। उक्त जीप सडकबाट करिब ८०० मिटर तल भीरमा...

नेप्से परिसूचक २७५० भन्दा तल, सेयर बजारमा गिरावट कायमै

काठमाडौँ । आज पनि सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.८१ अंकले घट्दै २७४४.४५ विन्दुमा झरेको हो। बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से २७५० को मनोवैज्ञानिक सीमाभन्दा तल पुगेको छ। आजको कारोबारमा २३५ कम्पनीको सेयर मूल्य घट्दा ३० कम्पनीको मात्र वृद्धि भएको छ भने ४ कम्पनी स्थिर...

नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नत

काठमाडौं ।नेपाली सेनाका तीन सहायक रथीलाई उपरथी दर्जामा पदोन्नति गरिएको छ। मन्त्रिपरिषद्को वैशाख १० गतेको निर्णयअनुसार प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गरिएको हो। उनीहरूलाई प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित औपचारिक समारोहमा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो। नेपाली सेनाका अनुसार कार्यक्रममा वरिष्ठ सैनिक...

रुपन्देही सडक दुर्घटनामा २ को मृत्यु, २७ घाइते

काठमाडौं । रुपन्देहीमा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक दुर्घटना भएको हो। प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रोबस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको अर्को ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो। घाइतेमध्ये दुई जनाको उपचारका क्रममा...

कारोबार रकम बढ्दा पनि सेयर बजारमा गिरावट, अधिकांश कम्पनीको मूल्य घट्यो

काठमाडौं ।मंगलबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक २६.१६ अंकले घट्दै २७७० विन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिनमा भने बजार सामान्य रूपमा उकालो लागेको थियो। कारोबार रकम भने बढेको छ। अघिल्लो दिन करिब ४ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार यो रकम बढेर ६ अर्ब ५३ करोड पुगेको छ। यसदिन...

सरकारले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस, अध्ययनमा प्रक्रिया जारी

काठमाडौं ।सरकारले दुई महत्वपूर्ण अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संवैधानिक परिषदसँग सम्बन्धित तथा सहकारी क्षेत्रसँग जोडिएका अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार ती अध्यादेशहरू जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा प्रस्ताव पठाइएको स्रोतले जनाएको छ। नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने...

नीतिगत सुधारमार्फत रूपान्तरणको प्रतिबद्धता

काठमाडौँ, । लाइसेन्स, ठेक्का र नियमनमार्फत हुने असुलीधन्दा विगतमा राज्य बजार सम्बन्धको विशेषता बन्दा अर्थतन्त्र पहुँचवालाको नियन्त्रणमा पुगेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३’ ले सक्षम उद्यमी र नयाँ प्रवेशकर्तालाई निरुत्साहित गरेर अर्थतन्त्र पहुँचमा आधारित संचरनातर्फ उन्मुख गराएको उल्लेख गरेको छ...