मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि सरकारी तयारी तीव्र

आगामी मनसुनलाई ध्यानमा राख्दै विपद् जोखिम न्यूनीकरण तथा सम्भावित क्षति नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा संस्था र सम्बन्धित सरोकारवाला सक्रिय भएका छन्। बाढी, पहिरो, डुबान तथा चट्याङजस्ता मनसुनजन्य विपद्का घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका काम तीव्र पारिएको हो। नेपालको कमजोर भू–संरचना, अव्यवस्थित बस्ती विस्तार, वन विनाश तथा जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष...

शान्ति वार्ताका लागि जुनसुकै स्थानमा भेट्न तयार : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस–युक्रेनबीच जारी युद्ध अन्त्यतिर उन्मुख रहेको बताएका छन्। मस्कोमा आयोजित विजय दिवस समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामो समयदेखिको द्वन्द्व समाधानतर्फ अघि बढिरहेको संकेत गरेका हुन्। उनले युद्ध अन्त्यका लागि विभिन्न कूटनीतिक पहल जारी रहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समाधानका लागि सक्रिय प्रयास गरिरहेको...

लिपुलेक–कालापानी नेपालको भूभाग भएकोमा सरकार स्पष्ट : परराष्ट्र मन्त्रालय

काठमाडौं, वैशाख २५ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको विषयमा सरकार स्पष्ट र अडिग रहेको जनाएको छ । मन्त्रालयले सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि दोहोर्‍याएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक...

कम्बोडियामा रहेका २११ नेपाली दूतावासको सम्पर्कमा

काठमाडौं, वैशाख २५ । कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । दूतावासले अवैध रूपमा कम्बोडियामा रहेका नेपालीहरूले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्क गरेको जनाएको छ । दूतावासद्वारा जारी सूचनाअनुसार कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी सङ्कलन गर्न अनलाइन फाराम भर्न आग्रह गरिएको थियो । हालसम्म उक्त...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति हर्क साम्पाङको असन्तुष्टि

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि गम्भीर असन्तुष्टि जनाएका छन् । शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले सरकारले विधि, प्रक्रिया र संवैधानिक मर्यादा मिचेर नियुक्तिका लागि सिफारिस गरेको आरोप लगाएका हुन् । संसदीय दलका नेता समेत रहेका साम्पाङले संसद्लाई बेवास्ता गर्दै र...

सार्वजनिक सवारी अब ‘स्मार्ट’ बन्दै, जिपिएस र सिसिटिभी अनिवार्य गर्ने तयारी

काठमाडौँ, वैशाख २५ गते । सार्वजनिक सवारीलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नयाँ निर्देशिका तयार गरिएको छ । यातायात व्यवस्था विभागले “सवारीसाधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित तथा यात्रुमैत्री बनाउने निर्देशिका, २०८२” को मस्यौदा सार्वजनिक गर्दै सुझाव आह्वान गरेको हो । मस्यौदाअनुसार अब सार्वजनिक सवारीमा सिसिटिभी क्यामरा र ग्लोबल पोजिसनिङ...

चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोशित कानुनी उपचार खोज्ने जगदीश खरेलको चेतावनी,

काठमाडौं, वैशाख २४ । पूर्वसञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रामक प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै पनि गल्ती नगरेको दाबी गरेका छन् । सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमसँग सम्बन्धित अर्बौं रकम हिनामिनाको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति संकेत गर्दै...

रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल जाने

काठमाडौँ, वैशाख २४ गते । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ लैजाने तय गरिएको छ । ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत निर्धारण गर्नुभएको हो । हाल ललितपुरको लगनखेलस्थित थटिटोलमा रहेको रथलाई निर्धारित साइतअनुसार सोही...

धादिङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङ जिल्लाको चराङ्गे फेदी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ बजेर १४ मिनेटमा ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू तथा काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । हालसम्म उक्त भूकम्पबाट...

ठगी र आपराधिक विश्वासघात आरोपमा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

काठमाडौं — स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई सोमबार काठमाडौंको खुर्सानीटार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार जोशीमाथि दूरसञ्चार सेवा सञ्चालनसँग सम्बन्धित सम्पत्ति र अधिकारको दुरुपयोग गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ। उनले २०७०...