निराशावादी प्रवृत्तिप्रति प्रचण्ड असन्तुष्ट, ‘सच्चिने बस्नुस्, नत्र बाटो लाग्नुस्’

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले निराशा फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले निराशा व्यक्त गर्नेहरू आफ्नो अगाडि नआए राम्रो हुने बताएका हुन्। उनले छिट्टै कम्युनिस्ट पार्टीप्रति जनताको समर्थन बढ्ने दाबी गर्दै सरकारका कामकारबाहीबाट त्यसका संकेत देखिन थालेको उल्लेख गरे। प्रचण्डले समाज र पार्टीमा सबै पुस्ताको भूमिका आवश्यक...

प्रचण्डद्वारा गृहमन्त्रीको राजीनामा निर्णयलाई सकारात्मक टिप्पणी

९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रीले राजीनामा दिनु उचित कदम भएको टिप्पणी गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रश्न उठेपछि पदबाट राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो निर्णय गरेको बताएका हुन्। गृहमन्त्रीको राजीनामाबारे प्रतिक्रिया दिँदै प्रचण्डले संक्षेपमा भने, “उहाँले...

नौ महिनाको तथ्यांक: शीर्ष आयातित वस्तु र राजस्वको अवस्था

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल अग्रस्थानमा देखिएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँभन्दा बढीको डिजेल विदेशबाट भित्रिएको छ। विवरणअनुसार नौ महिनामा करिब १० लाख ३५ हजार किलोलिटर डिजेल आयात भएको छ।...

रसुवामा “याक तथा चौंरी महोत्सव–२०८३” आयोजना हुँदै

रसुवा । रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–३ गतलाङमा आगामी वैशाख १३ देखि १५ गतेसम्म “याक तथा चौंरी महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ । हिमाली जीवनशैली, परम्परा र उत्पादनसँग प्रत्यक्ष जोडिएको यो महोत्सव केवल स्थानीय कार्यक्रम मात्र नभई राष्ट्रिय महत्व बोकेको अभियानका रूपमा हेरिएको छ ।पहिलो याक तथा चौंरी महोत्सव–२०८३...

करण केसीलाई एक खेल प्रतिबन्ध र म्याच शुल्क जरिवाना

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीमाथि एक खेलका लागि प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलिरहेका उनलाई उक्त कारबाही गरिएको हो। क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत अम्पायरप्रति गरिएको अभिव्यक्तिलाई आधार बनाउँदै अनुशासनात्मक कदम चालेको जनाएको छ।...

अतिक्रमण हटाउने क्रममा मन्त्री मन्सुरीको घर अगाडि रहेको टहरा भत्काइयो

इनरुवा । इनरुवा नगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग आसपासको सडकपेटी अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । नगर प्रमुख केदार भण्डारीको नेतृत्वमा नगरपालिकाले डोजर प्रयोग गर्दै सडक क्षेत्र ओगटेर बनाइएका घरटहरा हटाउन थालेको हो । शुक्रबार बिहानबाट सुरु गरिएको अभियानअन्तर्गत कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको घरअगाडि रहेको टहरासमेत...

वैशाख २ गतेदेखि इलाममा राष्ट्रिय आर्थिक गणना हुने

काठमाडौं ।आगामी वैशाख २ गते देखि इलाममा आर्थिक गणना गरिने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय इलामले आज एक कार्यक्रम आयोजना गरि जिल्ला तहमा राष्ट्रिय आर्थिक गणना २०८२ का विषयमा जानकारी दिएको हो । इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी प्रेम नेपालले आगामी वैशाख...

जोखिम र मौन मृत्युमा धकेलिँदै सरसफाइकर्मी

जोखिम र मौन मृत्युमा धकेलिँदै सरसफाइकर्मी
गोविन्द खड्का ।शहर बिहानै सफा भएको हुन्छ । फोहोरका थुप्रा हराएका हुन्छन्, ढलका मुख खुलेका हुन्छन्, सडकहरू स्वच्छ देखिन्छन् । तर, यो ‘शहरको श्रृङ्गार’ गर्ने मानिसहरूको कथा भने प्रायः शहरको कोलाहलभन्दा टाढा, चुपचाप निकै कष्टकर बाँचिरहेको हुँदो रहेछ ।शहर सफाइको पछाडि कसैको पसिना, जोखिम र कहिलेकाहीँ ज्यानकै मूल्य जोडिएको हुन्छ...

“संसद् चिया पसल होइन” — सांसद मनिष झाको कडा चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले संसद् बैठकप्रति गम्भीरता देखाउन सबै सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनलाई हल्का रूपमा नलिन चेतावनी दिएका हुन्। उनले विगतका संसदहरू निश्चित शक्ति केन्द्रहरूको प्रभावमा चलेको टिप्पणी गर्दै त्यतिबेला संख्यालाई मात्र प्राथमिकता दिइएको र सिद्धान्त कमजोर बनेको बताए। अब भने संसद् सिद्धान्तमा...

सेयर बजारमा गिरावट, नेप्से १०५ अंकले झर्दै २६७६ विन्दुमा

काठमाडौं । नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उल्लेख्य रूपमा घटेर बन्द भएको छ। आइतबार नेप्से १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ विन्दुमा सीमित भएको हो। यसदिन कुल ३४५ कम्पनीका ३ करोडभन्दा बढी कित्ता सेयर करिब १२ अर्ब रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएका छन्। बजारमा उच्च गिरावट देखिए पनि केही कम्पनीका सेयर भने...