राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल नियुक्त

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन् ।

वन तथा वातावरणमन्त्री तथा कोषकी अध्यक्ष गीता चौधरीले उनलाई वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि उक्त पदमा नियुक्त गरेकी हुन् ।

हाल कोषमा वरिष्ठ निर्देशकका रूपमा कार्यरत डा. पोखरेल वन्यजन्तु जीवविज्ञान, संरक्षण योजना तथा बाघ संरक्षणका क्षेत्रमा अनुभवी व्यक्तित्व मानिन्छन् । उनले संरक्षण क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएका छन् ।

नियुक्तिपछि डा. पोखरेलले कोषको उद्देश्य र मूल्यप्रति प्रतिबद्ध रहँदै प्रकृति संरक्षणको क्षेत्रमा संस्थालाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया