करार कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो मातहतका निकायमा कार्यरत करार कर्मचारीहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै हाल करारमा कार्यरत कर्मचारीमध्ये फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण तत्काल पठाउन मातहतका सबै निकायलाई भनेको हो।

मन्त्रालयका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रका आधारमा करार कर्मचारीसम्बन्धी विवरण संकलन गर्न लागिएको हो।

मन्त्रालयले सम्बन्धित सबै निकायलाई माग गरिएको विवरण सफ्ट कपीमा तयार गरी आफ्नो आधिकारिक इमेलमार्फत पठाउन निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया