नेप्से करिब ६ प्रतिशतले बढ्दा बजार समयअघि नै बन्द

काठमाडौं — सोमबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। बजारमा तीव्र उतारचढाव देखिएपछि कारोबार समयअगावै स्थगित गरिएको छ। कारोबार सुरु भएको केही समयमै बजार सूचक करिब चार प्रतिशतले बढेपछि नियमअनुसार करिब २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यसपछि पुनः खुलेको बजार पाँच प्रतिशत नजिक पुगेपछि फेरि करिब ४० मिनेटका लागि कारोबार...

रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी निर्वाचित

काठमाडौं : रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। उनले २४ हजार ८०८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का १६ हजार ३०७ मतसहित...

समानुपातिकतर्फ रास्वपाको मत २० लाख नाघ्यो

समानुपातिकतर्फ रास्वपाको मत २० लाख नाघ्यो
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० लाखभन्दा बढी मत प्राप्त गरेको छ। हालसम्मको मतगणनामा उक्त पार्टी अग्रस्थानमा रहेको देखिएको छ। आइतबार दिउँसो ४:२८ बजेसम्म कुल ४४ लाख ४३ हजार ११० मत गणना हुँदा रास्वपाले २१ लाख ९४ हजार ३१ मत प्राप्त गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख...

महोत्तरी–४ को मतपरिणाम सार्वजनिक, रास्वपाकी गौरी कुमारी निर्वाचित

महोत्तरी : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित भएकी छन्। उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै जीत हासिल गरेकी हुन्। निर्वाचन अधिकृतका अनुसार गौरी कुमारीले ३० हजार १३२ मत प्राप्त गरेकी छन्। उनका निकटतम...

रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी

रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी
रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार पटेलले २७ हजार ३१८ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन्। यसैगरी आम जनता पार्टीका अध्यक्ष...

सुनसरी–१ बाट हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै विजय हासिल गरेका हुन्। अन्तिम मतपरिणामअनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् भने तामाङले २७ हजार २४९ मत ल्याएकी छन्।...

धादिङ–२ मा मतगणना विवादका कारण मतगणना रोकियो

धादिङ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना अस्थायी रूपमा रोकिएको छ। रुवीभ्याली गाउँपालिका–१, २, ३ र ४ का मतपेटिका सर्टिङ गरी गणना सुरु गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। विवादका कारण निर्वाचन प्रक्रिया रोक्नुपर्ने अवस्था आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुख विवाद नेपाली कम्युनिष्ट पार्टी (नेकपा)...

मोरङ–२ मा रास्वपा उम्मेदवारका प्रतिनिधि बेहोस भएर मृत

काठमाडौँ — मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि दुर्गा रेग्मीको आकस्मिक मृत्यु भएको छ। उनी मतगणना स्थल नजिकै खाना खाँदै गर्दा बेहोस भएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार, रेग्मी रंगेली–९ का ५० वर्षीय नागरिक थिए। २२ फागुनमा बिहान ११:४५ बजे अचानक बेहोस भएका...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको अग्रता कायम

म्याग्दी — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार हालसम्म २ हजार ८ सय १३ मत गणना गरिएको छ। तीमध्ये २ हजार ६ सय २६ मत सदर भएका छन् भने १ सय ८७ मत बदर भएका छन्। हालसम्मको गणनाअनुसार पुनले...

मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी, एमालेका विष्ट पराजित

मुस्ताङ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्दै जित हासिल गरेका हुन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६...