अमेरिकी राष्ट्रपति ट्रम्पको बेइजिङ यात्रा मेमा हुने

काठमाडौं : डोनाल्ड ट्रम्पले चीन भ्रमण सम्बन्धी आफ्नो स्थगित तालिकाबारे नयाँ जानकारी सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथ मार्फत  मार्फत उनले चीनका राष्ट्रपति शी जिनपिङसँग हुने भेटघाटको समय पुनः निर्धारण गरिएको बताएका हुन्। यसअघि इरानसँग सम्बन्धित सैन्य गतिविधिका कारण उक्त भ्रमण स्थगित गरिएको थियो।

नयाँ तालिकाअनुसार, ट्रम्पले आगामी मे १४ र १५ मा बेइजिङ पुगेर चिनियाँ समकक्षीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी, उनले यसै वर्षको अन्त्यतिर अमेरिकाको वासिङ्टन डीसीमा आफू र प्रथम महिला मेलानिया ट्रम्पले राष्ट्रपति शी तथा उनकी पत्नी पेङलाई स्वागत गर्ने योजना पनि रहेको बताएका छन्।

ट्रम्पले उक्त सन्देशमा भ्रमणको तयारी तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिसँगको भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।

तपाईको प्रतिक्रिया