काठमाण्डौमा होली नखेल्न सर्वसाधारणलाई स्थानीय प्रशासनको आग्रह

कोरोना भाइरसको संक्रमणको स्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई अपील गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको संक्रमण हुनसक्ने मुलुकको रुपमा रहेको वताएपछि देशभर उच्च सर्तकता अपनाइएको छ । जिल्ला प्रशासनले होली नखेल्न, भिडभाडयुक्त थलोमा नजान , भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको...

प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यरोपणका लागि अप्रेशन थियेटरमा लगिएको छ ।  शिक्षण अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली प्रफुल्ल मुद्रामा अप्रेशन थियेटर पुगेका छन् । अप्रेशनका लागि करिब चार घन्टा लाग्ने आकलन गरिएको छ । अप्रेशन पछि प्रधानमन्त्रीलाई पोष्ट अपरेटिभ वार्डमा लगिनेछ । पोष्ट अपरेटिभ वार्डमा प्रधानमन्त्रीका...

अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा

अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा
१ ) आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु, मेरो सिंंगो जीवन कुनै न कुनै संघर्षमा वित्दै आएको छ । कहिले निरंकुशता विरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमान लागि संघर्ष,   कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष । २) मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसँग निरन्तर लड्ने...

अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । वासिङ्टनमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । कोरोनाको संक्रमण देखिएपछि वासिङ्टनमा आपतकालिन स्थितिको घोषणा गरिएको छ । यसअघि अमेरिकामा कोरोना भाइरसका कारण दुई जनाको...

प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउन मतदान हुने

आगामी फागुन २३ गते प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुङ्ग्याउन प्रदेश सभामा मतदान हुने भएको छ । पटक पटक सहमतिको प्रयास भएपनि सफलता हात नलागेपछि मतदानबाट प्रदेशसभाको नाम र राजधानी टुङ्गो लगाउन लागिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन फागुन २३...

होली पर्व सुरु

आजबाट होली पर्व सुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।काठमाण्डौको बसन्तपुरमा चीर ठड्याइएसँगै फागु अर्थात् होली पर्व सुरु भएको हो । आज बिहान ७ बजेर ५७ मिनेटको शुभ साइतमा विधिपूर्वक हनुमान ढोका परिसरमा चीर ठड्याइएको हो । बसन्तपुरमा चीर ठड्याएपछि...

नेकपा प्रदेश नं १ को भेला तथा प्रशिक्षण स्थगित

आजका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपाले जनाएको छ । यसअघि हिजो सरकारले ठूला सभा समारोह लगायतका कार्यक्रम नगर्न सबैमा अपील...

प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर

प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर
काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेकोबैठकले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको ठाउँमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिसगरेको छ ।  राजदूत पौडेल बालुवाटार जग्गा घोटाला लगायत विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको भनी प्रचारित छन् । विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिलाई राजदूत बनाएको भनी चीनले लिलामणीप्रति...

देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र पेलेरै जाने रणनीति लागू गरेका छन् । उनले विपक्षी समूहको असहमति हुँदाहुँदै आज पार्टीका १३ वटा विभागका प्रमुख घोषणा गरेका छन् ।  उनले विपक्षी रामचन्द्र खेमासँगको सहमति नलिई विभाग घोषणा गरेका हुन् । उनले प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रचार विभाग...

कोरोनाभाइरसः अहिलेसम्मको अवस्था के छ ?

५० भन्दा बढी देशमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको छअहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ र २,७९१ जनाको मृत्यु भएको छबेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छजापानको समुद्र किनारमा भएको डायमन्ड प्रिन्स नामक जहाजमा सवार एक ब्रिटिश यात्रुको मृत्यु भएको छसंसारभरका ठूला शेअर बजारहरू ओरालो लागेको छइरानमा बिहीवार रातीसम्म...