पशुपति क्षेत्र विकास कोषको शवदाह मेसिन खरिद प्रकरणमा १४ जनाविरुद्ध सुनुवाइ सुरु

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्ध शवदाह मेसिन खरिदमा भ्रष्टाचारको मुद्दा सुनुवाइका लागि पेश भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य हेमन्त रावल तथा डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ चलिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ८ गते दायर गरेको मुद्दामा...

समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा, अन्तिम परिणाम केहीबेरमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले बाँकी रहेका केही क्षेत्रको मतगणना सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हाल इलाम–१ र गोरखा–१ का मत गणना भइरहेका छन्। ती क्षेत्रको गणना सम्पन्न भएपछि समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरिने...

सुनको मूल्य फेरि बढ्यो, प्रतितोला तीन लाख १९ हजार पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। नयाँ मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख १९ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको...

ललितपुरमा सांसद जगदीश खरेलद्वारा सहिद विनोद महर्जनको परिवारसँग भेटघाट

ललितपुर — ललितपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व सञ्चारमन्त्री जगदीश खरेलले सहिद विनोद महर्जनको परिवारसँग भेटघाट गर्नुभएको छ। मंगलबार अपराह्न करिब ४ बजे उहाँ ललितपुरको दुपाटटोल पुगेर ‘जेनजी’ सहिद विनोद महर्जनको परिवारलाई भेट्नुभएको हो। भेटघाटका क्रममा उहाँले सहिद महर्जनको योगदानको स्मरण गर्दै परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो। साथै...

कुसुन्ती हाइटबाट चितुवा उद्धार, उपचारपछि बासस्थानमा फर्काइने

ललितपुर – जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवा उद्धार गरेको छ। सदर चिडियाखानाको टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर र ललितपुर महानगरीय प्रहरीको सहयोगमा ‘डार्ट’ प्रयोग गरी चितुवालाई उद्धार गरेको थियो। अनुमानित १० वर्षको र करिब ६० केजी तौलको उक्त चितुवालाई उद्धारपछि...

जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार सामग्री बरामद

भैरहवा – रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिब ६ लाख रुपैयाँ मूल्य बराबरको अवैध भन्सार सामग्री नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार, खटिएको टोलीले जिल्ला भित्र विभिन्न जाँचका क्रममा कुल ६ लाख २९ हजार रुपैयाँबराबरका सामग्री बरामद गरेको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित...

डोटीमा स्थानीय माटो उत्खननको क्रममा किशोरी मृत्युवरण

डोटी – जिल्लाको सायल गाउँपालिका-२, ग्वानी बस्ने शेर बहादुर सिंहकी करिब १६ वर्षीया छोरी एलिना सिंह माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।घटना मंगलबार बिहान करिब ९:४८ बजे भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार, घर पोत्नका लागि सोही स्थानको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा एलिनाले...

माग पूरा नभएसम्म तालाबन्दी जारी रहने खेलाडी संघको चेतावनी

काठमाडौं — नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा आइतबार अनिश्चितकालीन तालाबन्दी गरेको छ। खेलाडी संघका अध्यक्ष विक्रम लामाका अनुसार खेलाडीहरूको विभिन्न माग सम्बोधन नभएसम्म तालाबन्दी नखोलिने जनाइएको छ। आफ्ना मागहरू प्रस्तुत गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू आइतबार एन्फा कार्यालय पुगेका थिए। खेलाडीहरूले एन्फा नेतृत्वसँग छलफल गर्न...

नेप्से करिब ६ प्रतिशतले बढ्दा बजार समयअघि नै बन्द

काठमाडौं — सोमबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। बजारमा तीव्र उतारचढाव देखिएपछि कारोबार समयअगावै स्थगित गरिएको छ। कारोबार सुरु भएको केही समयमै बजार सूचक करिब चार प्रतिशतले बढेपछि नियमअनुसार करिब २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यसपछि पुनः खुलेको बजार पाँच प्रतिशत नजिक पुगेपछि फेरि करिब ४० मिनेटका लागि कारोबार...

रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी निर्वाचित

काठमाडौं : रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। उनले २४ हजार ८०८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का १६ हजार ३०७ मतसहित...