आज २१ अर्बभन्दा बढीको सेयर कारोबार, २४० कम्पनीको मूल्य बढ्यो

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार (चैत ५) सेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ। आज ३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको मूल्य बढेको छ। कारोबार रकम २१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जसमा ङादी ग्रुप पावर ६७ करोड रुपैयाँ र...

शुक्रबार भारी वर्षा र हावाहुरीको चेतावनी, मौसम पूर्वानुमान शाखाको सतर्क रहन आग्रह

काठमाडौं ।मौसम पूर्वानुमान शाखाले शुक्रबारका लागि देशका विभिन्न क्षेत्रमा वर्षा, हावाहुरी र चट्याङ्गको जोखिम रहने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। शाखाले जारी गरेको जानकारी अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असरका कारण मेघगर्जन, चट्याङ्ग, असिनासहित वर्षा र हावाहुरी चल्ने सम्भावना...

प्रतितोला ५ हजार ४ सयले घट्यो सुनको भाउ

काठमाडौँ— आज सुन तथा चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य पनि १४० रुपैयाँले कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको...

भोलि प्रतिनिधि सभाका समानुपातिक सांसदको प्रमाण पत्र वितरण गरिने

काठमाडौं — निर्वाचन आयोगले भोलि समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाण पत्र प्रदान गर्ने भएको छ। आयोगका अनुसार बिहीबार बिहान साढे ११ बजे समानुपातिक सांसदहरूले निर्वाचित भएको प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम आयोगको प्राङ्गण, कान्तिपथमा हुनेछ। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित...

मध्यपूर्वमा द्वन्द्व लम्बिँदा करिब ४ करोड ५० लाख बढी मानिसहरू खाद्य असुरक्षामा पर्न सक्ने

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वले विश्वभरि भोकमरीको अवस्था झन् गम्भीर बन्न सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले सन् २०२६ सम्म विश्वमा तीव्र खाद्य अभाव झेल्ने मानिसहरूको संख्या नयाँ रेकर्डमा पुग्न सक्ने जानकारी दिएको छ। द्वन्द्व लम्बिँदा करिब ४ करोड ५० लाख बढी मानिसहरू खाद्य असुरक्षामा...

एमाले केन्द्रीय सदस्य थापाको निधन

पोखरा, । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । बिहीबार क्षेत्रीय निर्वाचन समीक्षा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँ अचानक ढल्नुभएको थियो । बैठकस्थलमा आफ्नो मन्तव्य राखेलगत्तै हृदयघात भई ढल्नुभएका थापालाई उपचारका लागि तुरुन्तै मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको...

नेप्से परिसूचक २७ सय विन्दुमा झर्यो, कारोबार रकम १३ अर्बमा सीमित

काठमाडौँ — बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भयो। दिनभरको उतारचढावबीच नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा पुगेको थियो। बजारमा उच्च अंकले गिरावट आएपछि कारोबार रकम पनि कमीमा सीमित रह्यो। बुधबार १३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार...

निर्वाचन आयोगले आजै दलहरूलाई समानुपातिक उम्मेदवार सिफारिसका लागि पत्राचार गर्ने

काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पूरा भएपछि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न दलहरूसँग आजै पत्राचार गर्ने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने, “मतगणना सम्पन्न भइसकेको छ। हाल आयोगले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन सङ्कलन गर्ने कार्यमा जुटिरहेको छ। मतगणना अनुसार प्रत्येक दलले प्राप्त गरेको...

नवनिर्वाचित सांसदको शपथ र सभामुख निर्वाचनसम्बन्धी तयारी सक्रिए

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। यही फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएलगत्तै संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठक बोलाउने तयारी सुरु गरेको जानकारी दिएको छ। नेपालको संविधानको धारा ९३ अनुसार, संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था स्पष्ट गरिएको छ। उक्त प्रावधानअनुसार, राष्ट्रपतिले प्रतिनिधिसभाका लागि...

ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आभार तथा धन्यवाद कार्यक्रम सम्पन्न

ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आभार तथा धन्यवाद कार्यक्रम सम्पन्न
ललितपुर – ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको हार्दिक आभार तथा धन्यवाद ज्ञापन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम पार्टीका प्रतिनिधिहरू र क्षेत्रका नागरिकबीच प्रत्यक्ष संवादको माध्यम बनेको थियो। कार्यक्रममा मुख्य अतिथि ललितपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व सञ्चारमन्त्री जगदीश खरेल...