रोल्पामा तीर्थयात्री बोकेको जीप भीरबाट खस्यो, १५ जनाको अवस्था गम्भीर


काठमाडौं। रोल्पा जिल्लामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्, जसमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रहरीका अनुसार रुकुम पूर्वबाट वैशाख पूर्णिमा जात्रा मा सहभागी हुन जाँदै गरेका यात्रु बोकेको जीप थबाङ गाउँपालिका–१, जलजला क्षेत्रमा दुर्घटनामा परेको हो। उक्त जीप सडकबाट करिब ८०० मिटर तल भीरमा खसेको बताइएको छ।

घटनापछि घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। जीपमा सवार यात्रुको यकिन संख्या भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया