२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

काठमाडौँ ।बैशाख १८, विश्वमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ, भन्ने ज्ञानका प्रर्वतक गौतम बुद्धको जन्म जयन्ती अर्थात आज बुद्ध पूर्णिमा आज बैशाख १८ गते देशभर मनाइदै छ । आज २५७० औँ बुद्ध जयन्तीका दिन सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।
विश्वभर शान्ति स्थापनाका लागी गैतम बुद्धले दिएको योगदान स्वरुप प्रत्यक वर्ष उनको स्मरण स्वरुप यो पर्व मनाउने गरीन्छ । बैशाक शुक्ल पुर्णिमाकै दिन जन्म, ज्ञान प्राप्ती र मृत्यू भएका कारण यस दिनलाई नेपाल लगाएत विश्वभर रहेका बौद्ध धर्मावलम्वीहरुले भगवान गैतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ती सहित यो पर्व मनाउने गर्छन ।

दिवसका अवसरमा लूम्विनीमा आज विशेष सभा आयोजना गरिएको छ । जसमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको श्रद्धा र आस्थाको केन्द्रका रूपमा रहेको लुम्बिनीमा बुद्ध जयन्ती विशेष उत्साहका साथ मनाउन व्यापक तयारी गरिएको छ । बुद्ध जन्मस्थललाई आकर्षक रूपमा सजाइएको छ भने मायादेवी मन्दिर क्षेत्र, पवित्र पुष्करिणी पोखरी तथा आसपासका परिसर रङ्गीन बत्ती र सजावटले झकिझकाउ बनाइएको छ । पर्वलाई भव्य र स्मरणीय बनाउन सम्पूर्ण क्षेत्र उत्सवमय वातावरणमा रूपान्तरण गरिएको छ ।

भगवान् बुद्धसम्बन्धी विषयमा विश्वभर सबैभन्दा बढी पुस्तक प्रकाशन भएको बताइन्छ । इङ्ल्याण्डका सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति’, डा. भीमराव राम अम्बेडकरको ‘बुद्ध र उनको धर्म’ तथा जर्मन लेखक हर्मन हेस्सेको ‘सिद्धार्थ’ लगायत कृतिले बुद्धको विचारलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएका छन् ।

जर्मनी, फ्रान्स र इटलीका विद्वान्हरूले लेखेका बौद्ध दर्शनसम्बन्धी पुस्तकहरूले समेत बुद्ध शिक्षाको विश्वव्यापी प्रचारमा भूमिका खेलेका छन् । अक्सफोर्ड, क्याम्ब्रिज र हार्वर्डजस्ता प्रतिष्ठित विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन हुँदै आएको छ भने नेपालमा त्रिभुवन विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालय मा समेत बौद्ध दर्शनको अध्ययन–अनुसन्धान भइरहेको छ ।

बुद्धले जीवनकालमा दिएका प्रवचन ‘विनय’, ‘सुत्त’ र ‘अभिधम्म’ पिटकमा सङ्ग्रहित छन् । लुम्बिनीमा भेटिएको सम्राट् अशोकको स्तम्भले बुद्ध जन्मस्थलको ऐतिहासिक प्रमाण प्रदान गरेको छ । सन् १८९६ मा उक्त स्तम्भ उत्खनन भएपछि लुम्बिनी विश्व बौद्ध समुदायको केन्द्रका रूपमा विकास हुँदै आएको छ ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको सन् १९६७ को नेपाल भ्रमणपछि लुम्बिनी विकासको गुरुयोजना औपचारिक रूपमा अघि बढाइएको थियो ।

तपाईको प्रतिक्रिया