राष्ट्रपतिद्वारा सहकारी (पहिलो संशोधन) अध्यादेश जारी


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालय ले जनाएको छ।

संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

यसअघि सरकारले संवैधानिक परिषद, सहकारी, विश्वविद्यालय लगायतका विषयसँग सम्बन्धित कुल ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो।

तपाईको प्रतिक्रिया