औषधि लिन भारत जान लागेको इरानी विमानमा आक्रमण, कसले गर्‍यो आक्रमण ?

इरानको मशहद विमानस्थलमा एक इरानी विमान क्षतिग्रस्त भएको घटनालाई लिएर तनाव बढेको छ। इरानी पक्षले यसलाई अमेरिकी हवाई आक्रमणको परिणाम भएको दाबी गरेको छ, तर अमेरिकी अधिकारीहरूले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। उपलब्ध विवरणअनुसार, उक्त विमान भारततर्फ औषधि तथा मानवीय सहायता सामग्री लिन उडान भर्ने तयारीमा थियो। इरानले भने यस्तो...

अमेरिकी राष्ट्रपति ट्रम्पको बेइजिङ यात्रा मेमा हुने

काठमाडौं : डोनाल्ड ट्रम्पले चीन भ्रमण सम्बन्धी आफ्नो स्थगित तालिकाबारे नयाँ जानकारी सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ मार्फत  मार्फत उनले चीनका राष्ट्रपति शी जिनपिङसँग हुने भेटघाटको समय पुनः निर्धारण गरिएको बताएका हुन्। यसअघि इरानसँग सम्बन्धित सैन्य गतिविधिका कारण उक्त भ्रमण स्थगित गरिएको थियो। नयाँ तालिकाअनुसार, ट्रम्पले आगामी मे १४ र १५...

कतारमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक बेपत्ता

कतारमा एक सैन्य हेलिकोप्टर दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको ज्यान गएको पुष्टि भएको छ। उक्त हेलिकोप्टरमा कुल सात जना सवार रहेको जनाइएको छ। सरकारी अधिकारीहरूका अनुसार खाडी क्षेत्रमा पर्ने कतारको जलक्षेत्रभित्र नियमित उडानका क्रममा हेलिकोप्टरमा समस्या उत्पन्न भएपछि दुर्घटना भएको हो। कतारको आन्तरिक मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा एक जना अझै बेपत्ता...

मध्यपूर्वमा द्वन्द्व लम्बिँदा करिब ४ करोड ५० लाख बढी मानिसहरू खाद्य असुरक्षामा पर्न सक्ने

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वले विश्वभरि भोकमरीको अवस्था झन् गम्भीर बन्न सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले सन् २०२६ सम्म विश्वमा तीव्र खाद्य अभाव झेल्ने मानिसहरूको संख्या नयाँ रेकर्डमा पुग्न सक्ने जानकारी दिएको छ। द्वन्द्व लम्बिँदा करिब ४ करोड ५० लाख बढी मानिसहरू खाद्य असुरक्षामा...

जापानको तल्लो सदनमा ताकाइची नेतृत्वको एलडिपीलाई एकल दुई तिहाई बहुमत

काठमाडौं । जापानमा आइतबार सम्पन्न तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक सफलता हासिल गरेको छ। निर्वाचन परिणामअनुसार एलडिपीले एक्लै दुई तिहाईभन्दा बढी सिट जित्दै बलियो उपस्थिति जनाएको छ। अघिल्लो निर्वाचनमा १९८ सिटमा सीमित रहेको एलडिपीले यसपटक ४६५ सदस्यीय तल्लो सदनमा ३१६ सिट हात...

ट्रम्पको दाबी: सुरक्षा सुनिश्चित गर्न ग्रिनल्याण्डमा अमेरिका हस्तक्षेप आवश्यक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई लिएर पुनः कडा प्रतिक्रिया व्यक्त गरेका छन्। डेनमार्कले आवश्यक जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउँदै ट्रम्पले अब अमेरिका नै अघि बढ्ने संकेत दिएका छन्। सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेख्दै ट्रम्पले नेटोले विगत दुई दशकदेखि डेनमार्कलाई ग्रिनल्याण्ड क्षेत्रबाट रूसी खतरा न्यूनीकरण गर्न आग्रह...

पूर्वराष्ट्रपति युन सुक योललाई अदालतद्वारा पाँच वर्ष कैद सजाय

काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले गम्भीर आपराधिक अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ। अदालतले शुक्रबार न्यायिक प्रक्रियामा अवरोध पुर्‍याएको तथा प्रमाण नष्ट गरेको आरोप प्रमाणित भएको जनाएको हो। डिसेम्बर २०२४ मा देशमा मार्शल ल लागू गर्ने असफल प्रयासपछि युन सुक योल पदबाट हटाइएका...

ट्रम्पको सामाजिक सञ्जाल पोस्टमा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एउटा पोस्ट सार्वजनिक गर्दै यस्तो उल्लेख गरेका हुन्। ट्रम्पले सेयर गरेको पोस्टमा एउटा तस्बिर पनि समावेश गरिएको छ, जसमा उनलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरिएको देखिन्छ।...

अमेरिकाको भिजिट र बिजनेस भिसामा नयाँ व्यवस्था, नेपालीले धरौटी बुझाउनुपर्ने

काठमाडौं ।अब नेपाली नागरिकले अमेरिकाको भिजिट (बी–२) र बिजनेस (बी–१) भिसा प्राप्त गर्न धरौटी रकम बुझाउनुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त व्यवस्था आगामी माघ ७ गते (जनवरी २१) देखि लागू हुनेछ। नयाँ नियमअनुसार यी भिसामा अमेरिका जाने व्यक्तिले अधिकतम ६ महिनासम्म मात्र बस्न पाउनेछन्। भिसा अन्तर्वार्ताका क्रममा अमेरिकी दूतावासका...

भारतले सहयोग नगरे ट्यारिफ बढ्ने ट्रम्पको चेतावनी

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेलको विषयमा सहयोग नगरे भारतीय सामानमाथि लाग्दै आएको आयात शुल्क थप बढाउन सक्ने चेतावनी दिएका छन्। सोमबार एक सम्बोधनका क्रममा ट्रम्पले भारतको रुससँगको तेल कारोबारप्रति आफ्नो प्रशासन लामो समयदेखि असन्तुष्ट रहेको बताएका हुन्। भारतले रुसबाट ठूलो परिमाणमा तेल खरिद गर्दै आएको विषयलाई उल्लेख...