भारतीय लोकसभा चुनाव :प्रारम्भिक मत परिणाममा भाजपाको लिड

मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनतापार्टी (भाजपा)को गठबन्धनले अग्रता लिएको छ। नेपाली समय अनुसार बिहान काे दस बजेसम्म भाजपा ३१२ स्थानमा अगाडि देखिएकाे छ । विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा निकै पछि देखिएकाे छ ।आजतका अनुसार यूपीएले अहिलेसम्म ११२ मा मात्रै लिड गरेकाे छ । अन्य...

भारतीय निर्वाचनको सन्देश

विनोद नेपाल भारतमा १७ औं लोकसभा निर्वाचन १९ मे अर्थात् ५ जेठमा भएको सातौं चरणको मतदानपछि सम्पन्न भएको छ । अन्तिम चरणमा केन्द्रशासित प्रदेश चण्डीगढका अतिरिक्त अन्य सात राज्यका ५९ स्थानका लागि भएको थियो । यस चरणमा पन्जाब तथा उत्तर प्रदेशका १३÷१३, पश्चिम बंगालका ९, विहार तथा मध्यप्रदेशका ८÷८, हिमाचलका ४,...

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट दुःखी- इमरान खान

इस्लामावाद, पाकिस्तान, ६ असोज । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्र्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर दुःख व्यक्त गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो ट्वीटर पेजमा एक सन्देश लेख्दै भन्नुभएको छ, “भारत–पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो...

तान्जिनिया डुङ्गा दुर्घटना, २०७ को मृत्यु

नैरोबी, केन्या, ५ असोज । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ । यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७ पुगेको जानकारी गराएको हो । यसअघि शुक्रबार दिएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको र...

चिनियाँ सैनिक सङ्गठनविरुद्ध प्रतिबन्धबारे औपचारिक सोधपुछ

बेइजिङ, चीन, ६ असोज । चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ । रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको चिनियाँ राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ...

क्यानाडामा नेपाली खेलाडीलाई पदक

काठमाडौँ, ६ असोज । राजु नगरकोटीले क्यानडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज कास्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राजु सहभागी स्पर्धामा नौ मुलुकका खेलाडी सहभागी थिए । नुवाकोट...

म्याङ्कुटबाट ज्यान गुमाउनेको सङ्ख्या ८१ पुग्यो

मनिला, फिलिपिन्स, ३ असोज । फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ । यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ । फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सीस...