प्रत्येक महिना १००–२०० जनाको नागरिकता रद्द गर्ने तयारीमा ट्रम्प प्रशासन, किन बढ्यो चिन्ता?

काठमाडौं । अमेरिकाको ट्रम्प प्रशासनले प्रत्येक महिना १०० देखि २०० जनासम्मको नागरिकता रद्द गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको बताइएको छ। यस कदमले अन्य देशमा जन्मिएर कानुनी प्रक्रियाबाट अमेरिकी नागरिक बनेका लाखौँ व्यक्तिमा अनिश्चितता र चिन्ता बढाएको छ। अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार यो नीति अवैध आप्रवासन नियन्त्रणसँगै ‘प्राकृतिक नागरिकता’ लिएका व्यक्तिहरूमाथि...

ट्रम्पद्वारा सैनिकलाई आर्थिक सहायता दिने घोषणा, ‘वारियर डिभिडेन्ड’ योजना सार्वजनिक

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकी अर्थतन्त्रलाई केन्द्रमा राखेर आफ्नो धारणा प्रस्तुत गरेका छन्। सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले देशमा देखिएको मुद्रास्फीति र बढ्दो मूल्यवृद्धिका लागि अघिल्लो प्रशासन जिम्मेवार रहेको दाबी गरे। उनले पूर्वराष्ट्रपति जो बाइडेनको नीतिप्रति आलोचनात्मक टिप्पणीसमेत गरेका छन्। ट्रम्पले आफ्नो कार्यकालमा...

सिड्नी बोन्डी बिच गोलीकाण्ड: १२ मृत, २९ भन्दा बढी घाइते, सुरक्षा अलर्ट जारी

काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिच क्षेत्रमा आइतबार साँझ गोलीकाण्ड हुँदा १२ जनाको मृत्यु भएको छ भने २९ भन्दा बढी घाइते भएका छन्। घटनाको समय हनुक्का पर्वको अवसरमा ठूलो संख्यामा मानिसहरू जम्मा भइरहेका बेला स्थानीय समय अनुसार साँझ ६:४७ बजे बोन्डी पार्क प्लेग्राउन्ड नजिकै भएको बताइएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा...

चीनद्वारा नेपाल, यूएई र इजिप्टका लागि उपग्रहसहित लिजियन–१ सफल प्रक्षेपण

काठमाडौं । चीनले बुधबार लिजियन–१ वाइ–११ नामक किनेटिका–१ क्यारियर रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो रकेटमा नौवटा उपग्रह रहेका थिए, जसमा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टका लागि तीन अन्तर्राष्ट्रिय पेलोड समावेश थिए। नौ उपग्रहलाई तोकिएको कक्षमा पुर्‍याएपछि मिशनलाई पूर्ण रूपमा सफल भएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स ले जनाएको छ। रकेट...

म्यानमार सेना द्वारा अस्पताल माथि हवाई आक्रमणमा ३१ जनाको मृत्यु

काठमाडौं। म्यानमार सेनाले पश्चिमी राखिन राज्यको म्राउक–यूस्थित एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्। घटनास्थलमा पुगेका राहतकर्मी वाइ हुन औङले बिहीबार यो जानकारी दिएका छन्। राहतकर्मीका अनुसार अस्पतालबाहिर रातभर कम्तीमा २० वटा शव राखिएको थियो। विस्फोटको प्रभावले बाहिरको ठूलो रुख आधा...

अमेरिकासँग भन्सार तनाव हुँदाहुँदै चीनको व्यापार नाफा १० खर्ब डलर नाघ्यो

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार वृद्धि गर्दै व्यापार तनाव बढाए पनि चीनको वार्षिक व्यापार नाफा पहिलो पटक १० खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। चीनले सार्वजनिक गरेको पछिल्लो भन्सार तथ्यांकअनुसार वर्षको पहिलो ११ महिनामा देशको वस्तु व्यापार नाफा १० खर्ब ७६ अर्ब डलरमा पुगेको छ। यसमा सेवा व्यापार समावेश...

इन्डिगोका ३५० भन्दा बढी उडानहरू रद्द !

काठमाडौं । भारतको नागरिक उड्डयन कार्यालयले नयाँ नियम लागू गर्न पर्याप्त तयारी नगरेकाले सुरु भएको इन्डिगो एयरलाइन्सको संकट सातौँ दिनसम्म पनि जारी छ। सोमबार, ८ डिसेम्बर, भारत भरका विभिन्न विमानस्थलमा इन्डिगोका ३५० भन्दा बढी उडानहरू रद्द भएका छन्, जसका कारण हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन्। समाचार संस्था एएनआईका अनुसार, दिल्ली...

दक्षिणी लेबनानमा इजरायलको हमला

काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। दशकौँपछि इजरायल र लेबनानबीच पहिलो पटक भएको प्रत्यक्ष वार्ताको केही दिनमै यो आक्रमण भएको बताइएको छ। मजादेल, बाराचित, जाबा र महरोना क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थान खाली गर्न निर्देशन दिइएको छ। इजरायलले यी ठाउँहरूमा इरान समर्थित समूहसँग सम्बन्धित...

आजदेखि पुटिनको भारत भ्रमण

काठमाडौं — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज (डिसेम्बर ४) दुई दिवसीय भ्रमणका लागि भारत जाँदै छन्। उनी भारत–रुसबीचको २३औं वार्षिक शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। भ्रमणका क्रममा रक्षा, व्यापार, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रका विषयमा सम्झौतामा छलफल हुने अपेक्षा गरिएको छ। रुसी प्रवक्ता दिमित्री पेस्कोवका अनुसार, पुटिनले भारतसँगको द्विपक्षीय व्यापार...

ह्वाइट हाउस नजिक गोलीकाण्डमा सीआईए एजेन्ट संलग्न, १ को मृत्यु

काठमाडौं – वासिङटन डीसीमा भएको गोलीकाण्डले सुरक्षा एजेन्सीहरूलाई उच्च सतर्क अवस्थामा राखेको छ। घटनामा दुई जना घाइते भएका थिए, जसमा एकको मृत्यु भएको छ। घटनामा अफगानी मूलका रहमानुल्लाह लकनवालले गोली चलाएको पुष्टि भएको छ। उनका पृष्ठभूमि र पहिचान हाल अनुसन्धानको केन्द्रमा छन्। अमेरिकी सीआईएको निर्देशक जोन र्याट्क्लिफले लकनवालले अफगानिस्तानमा आफ्नो संगठनको सबैभन्दा...