ह्वाइट हाउस नजिक गोलीकाण्डमा सीआईए एजेन्ट संलग्न, १ को मृत्यु

काठमाडौं – वासिङटन डीसीमा भएको गोलीकाण्डले सुरक्षा एजेन्सीहरूलाई उच्च सतर्क अवस्थामा राखेको छ। घटनामा दुई जना घाइते भएका थिए, जसमा एकको मृत्यु भएको छ। घटनामा अफगानी मूलका रहमानुल्लाह लकनवालले गोली चलाएको पुष्टि भएको छ। उनका पृष्ठभूमि र पहिचान हाल अनुसन्धानको केन्द्रमा छन्। अमेरिकी सीआईएको निर्देशक जोन र्याट्क्लिफले लकनवालले अफगानिस्तानमा आफ्नो संगठनको सबैभन्दा...

जापानमा अक्टोबर २०२५ को बेरोजगारी दर २.६ प्रतिशत

अक्टोबर महिनाको बेरोजगारी दर जापानमा लगातार तेस्रो महिना २.६ प्रतिशतमै स्थिर रहेको छ। यद्यपि, बेरोजगारहरूको कुल संख्या भने क्रमशः बढ्दो अवस्थामा रहेको देखिन्छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रोजगारमा रहेका व्यक्तिहरूको संख्या ६८ लाख ४६ हजार पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा सामान्य वृद्धि हो। त्यस्तै, बेरोजगारहरूको...

४३ दिनपछि अमेरिकामा सरकारी कामकाज पुनः सञ्चालन, ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष सम्बन्धी विधेयकमा हस्ताक्षर गरेसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ। लामो अवरोधका कारण हजारौँ संघीय कर्मचारी तलबविहीन बनेका थिए, हवाई यात्रुहरू प्रभावित भएका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइन देखिएको थियो। यस संकटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो बनाएको...

विदेशी सामानमा लगाइएको भन्सार सर्वोच्चले हटाएमा ठूलो घाटा हुने ट्रम्पको दाबी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी वस्तुमा लगाइएको भन्सार सर्वोच्च अदालतले खारेज गरेमा अमेरिकालाई ३० खर्ब डलरभन्दा बढी घाटा हुने दाबी गरेका छन्। ट्रम्पले दोस्रो कार्यकालमा विश्वका सबै देशका उत्पादनहरूमा भन्सार लागू गरेका छन्। तर, अमेरिकी संसदले मात्रै कर लगाउने अधिकार राख्ने भन्दै धेरै समूह र व्यक्तिले सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा...

बंगलादेशको राजधानीमा ११ स्थानमा विस्फोट, सुरक्षाबलको निगरानी कडा

काठमाडौं ।बंगलादेशको राजधानी ढाकामा मंगलबार विभिन्न स्थानमा शृंखलाबद्ध बम विस्फोट र आगजनीका घटनापछि सुरक्षा निकायले सहरभर उच्च सतर्कता अपनाएको छ। डेली स्टारका अनुसार सार्वजनिक यातायात, सरकारी कार्यालय तथा धार्मिक स्थल लक्षित गरेर ११ स्थानमा विस्फोट भएका छन्। विस्फोटमा घरेलु प्रविधिबाट तयार पारिएका ‘क्रुड बम’ प्रयोग गरिएको प्रहरीको भनाइ छ। दिनभरका घटनामा तीनवटा...

अमेरिकामा गर्भमेन्ट सर्टडाउनका कारण संघीय कर्मचारीले तलब नपाउँदा विमानस्थलदेखि सामान्य किराना पसलसम्म प्रभाव 

वासिङ्टन डीसी । अमेरिकामा करिब ४० दिनदेखि जारी सरकारी सटडाउन (गर्भमेन्ट सटडाउन) का कारण संघीय कर्मचारीले तलब नपाउँदा विमानस्थलदेखि सामान्य किराना पसलसम्म ठूलो असर परेको छ। विश्वकै धनी मुलुकमध्ये एक अमेरिकामा संघीय सरकारको आर्थिक गतिविधि ठप्प भएपछि दैनिक जनजीवन र साना व्यवसायमा प्रत्यक्ष प्रभाव परेको हो। सटडाउनका कारण करिब १४ लाख संघीय...

चीनले बनायो विश्वकै ठूलो नवीकरणीय ऊर्जा प्रणाली

बीजिङ्, – चीनले आफ्नो १४औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अन्तर्गत विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली निर्माण गरेको छ। यस परियोजनाले चीनलाई सन् २०६० भित्र (carbon neutral) बन्ने लक्ष्यमा ठूलो फड्को मार्नेछ। चीनले हाल आफ्नो नवीकरणीय ऊर्जा क्षमतामा तीव्र वृद्धि गरेको छ र याङ्त्से नदीका जलविद्युत् आयोजनासहित पश्चिमी तथा दक्षिण-पश्चिमी क्षेत्रमा ठूलो...

न्युयोर्कको पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर बने ममदानी

काठमाडौं । ३४ वर्षीय राज्य सांसद जोहरान क्वामे ममदानी न्युयोर्क सहरका १११औँ मेयरका रूपमा निर्वाचित भएका छन्। उनी यस सहरका इतिहासमै पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर हुन्। ब्रुकलिनका सम्पन्न गल्लीदेखि क्विन्सका आप्रवासी श्रमिक बस्तीहरूमा फैलिएको मतदाताको व्यापक समर्थनले ममदानीको जितलाई न्युयोर्कको राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ। डेमोक्रेटिक...

ट्रम्पका अनुसार न्यूयोर्कमा ममदानी मेयर बने भने केन्द्रीय अनुदान दिन मेरा लागि मुस्किल हुनेछ

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सहरको मेयरमा वामपन्थी उम्मेदवार जोहरान ममदानी निर्वाचित भएमा केन्द्रीय अनुदान पठाउन चुनौती हुने बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, “राष्ट्रपति भएर पनि न्यूयोर्कमा धेरै रकम पठाउनु मेरो लागि मुस्किल हुनेछ। यदि न्यूयोर्क कम्युनिष्टको नियन्त्रणमा गयो भने त्यहाँ पठाइने पैसा बेकार हुनेछ । ट्रम्प...

ट्रम्पको चेतावनी : नाइजेरियामा सेना पठाउन वा हवाई आक्रमण गर्न सकिन्छ

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा दुई तरिकाबाट सैन्य कारबाही गर्न सकिने संकेत दिएका छन्। उनले एयरफोर्स वानमा पत्रकारहरूसँग बोल्दै त्यहाँ अमेरिकी सेना पठाउने वा हवाई आक्रमण गर्ने विकल्पहरू सम्भव रहेको बताएका छन्, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्पले भने, “सेना पठाउन सकिन्छ, हवाई हमला पनि हुन सक्छ। अरू...